Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

वाई वाईसंगको संयोजनमा ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक, उत्कृष्ट ६ घोषणा नोभेम्बर २४ मा


७ मंसिर २०७७, आईतवार ०५:५०

काठमाडौं । वाई वाई ग्लोकल टिन हिरो नेपालको छैठौं संस्करण अन्तर्गत देश भरिबाट आवेदन दिएका ६०४ं जना किशोर किशोरीहरुबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा निर्णायक मण्डलबाट २० परिवर्तक किशोर किशोरीहरु चयन गरिएका हुन् ।

सेप्टेम्बर १ गतेका दिन वाई वाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फत आवेदनको अन्तिम मिती नोवेम्बर १४ भनी तोकिएको थियो । आवेदनको समय समाप्त भएपछी, प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जसलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ ।

यसपछि नोभेम्बर २४ तारिकमा उत्कृष्ट ६ को घोषणा हुने भएको छ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको डिसेम्बर १२, २०२० मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएका छन् ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो ।

२० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोरकिशोरीहरुको यस वर्षको ग्लोकल २० अंडर २० को सूची सार्वजनिक गरिएको छ । हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।

ग्लोकल प्रा।ली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट किशोरकिशोरीहरुको सूची सार्वजनिक गरिएको हो । ती किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ ।

समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सूची सार्वजनिकको उद्देश्य रहेको जनाइएको छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।

ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुरले भने,( “नेपालभरीबाट विभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट गर्न सजिलो कार्य पक्कै पनि थिएन । यद्धपी समाज तथा राष्ट्रलाई टेवा पुराइरहेका यिनै जाज्वल्यमान प्रतिभाशाली किशोर किशोरिहरुलाई पहिचन गराउन पाउदा हामी गर्व गर्दछौ ।”

यस वर्षका उत्कृष्ट किशोर किशोरीको सूची यस प्रकार छ –

अभिषेक कर्ण, १६ , टेक्नोप्रिनर, महोत्तरी
अमित तिमिल्सीना, १७, टेक्नोप्रिनर, बुटवल
अन्कित मिश्र, १८, बाल अभियन्ता, बाँके
दिक्षा गौतम, १८, बाल अभियन्ता, काठमाडौं
एकराज घिमिरे, १८, बातावरण विद्, पाल्पा
ग्रेश थापा, १८, उद्यमी, ललितपुर
लक्ष्मण पौडेल, १९, नवप्रवर्तक, बुटवल
मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्य अभिएन्ता , रामेछाप
नम्रता दाहाल,१७, बाल अभियन्ता, झापा
प्रेक्षा धामी, १८, सामाजिक अभियन्ता, कैलाली
रीत काफ्ले, १८, शिक्षक, बिराटनगर
सनिफ कडेल, १८, युवा अभियन्ता, रुपन्देही
संस्कृति फुयाल, १७, सामाजिक अभियन्ता, काठमाडौं
सेलिया श्रेष्ठ, १५, सामाजिक अभियन्ता, झापा
सुभाश शर्मा, १७, कोडर, जनकपुर
सुलव सुबेदी, नवप्रबर्दक, १८, इलाम
सुसन सापकोटा, १४, बातावरण विद् , सुर्खेत
स्वराज सागर प्रधान, १८, प्रोग्रामर, ललितपुर
वैभव नाहटा, १८, उद्द्यमी, बिराटनगर
योउबेश धौभडेल, १९, सामाजिक अभियन्ता, भक्तपुर

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.