Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

एन्टिबडीले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण फेला


७ मंसिर २०७७, आईतवार ०४:४३

कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ । अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ् अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड १९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो ।

शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ । अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड १९ हुन नदिएको देखियो । सङ्क्रमणविज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फर्ड यूनिभर्सिटीको निष्कर्षलाई उत्साहवद्र्धक भनेकी छन् ।

उनका अनुसार एक चोटि भाइरसको सङ्क्रमण भएपछि फेरि कोभिड हुन नदिन छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त हुने अनुसन्धाताहरूले बताएका छन् । अक्स्फर्ड यूनिभर्सिटीको अध्ययनमा स्वास्थ्यसेवाका १२ हजार कर्मचारीलाई संलग्न गराइएको थियो। तीमध्ये ११ हजार जनामा कोभिड १९ को एन्टिबडी भेटिएको थिएन ।

भाइरल सङ्क्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ । ती तत्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन् । अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको सङ्क्रमण भयो । स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो । तर कोरोनाभाइरसविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिनेगरी सङ्क्रमण भएन ।

परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड १९ भएको पाइयो । उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन । तर ती तीन जना पनि बिरामी भएनन् । उक्त अध्ययनका अनुसार सार्स कोभ-२ सँग फेरि संसर्ग हुँदा पनि लक्षण नदोहोरिनेगरी परिणाममा एकरूपता देखियो । यो अनुसन्धानमा कोभिड १९ गराउने कोरोनाभाइरसको स्पाईक प्रोटीन विरुद्ध बन्ने एन्टिबडीको अध्ययन गरिएको थियो ।

कोरोनाभाइरसको सतहमा बनेको काँडाजस्तो देखिने उक्त प्रोटीनलाई लक्ष्य गरेर अहिले खोप निर्माणको काम भइरहेको छ । अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई ३० सातासम्म परीक्षण गरिएको थियो । यो साताको आरम्भतिर पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको एउटा शोधमा मानव शरीरको प्रतिरक्षा प्रणालीले बनाउने टी सेल नामक विशेष कोषको अध्ययन गरेको थियो ।

अध्ययनमा सहभागी गराइएका कर्मचारीमध्ये एकचौथाइमा टी-सेलको मात्रा उच्च भएको र ती कोषले शरीरभित्र रगतमा कोरोनाभाइरस भए पत्ता लगाउने गरेको देखिएको थियो । तर तीमध्ये आधाभन्दा केही बढीमा मात्र कोभिड १९ भएको पुष्टि भएको थियो ।

उक्त शोधले त्यस्तो प्रतिरक्षा क्षमता कोभिड १९ गराउने भाइरसबाहेक सामान्य रुघा गराउने अन्य कोरोनाभाइरसको सङ्क्रमणका कारण विकसित भएको हुन सक्ने निष्कर्ष निकालेको छ । पहिला कोभिड भएको भए पनि नभए पनि उच्च मात्रामा सम्बन्धित टी सेल भएका व्यक्तिहरूलाई चार महिनासम्म कोभिड १९ भएको थिएन ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.