Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

क्रियाशील सदस्यता विवरण मंसिरभित्रै पठाउन जिल्ला सभापतिहरुलाई निर्देशन


५ मंसिर २०७७, शुक्रबार १४:१०

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ ।

काँग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशन गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मङ्सिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ ।

काँग्रेस मुख्य सचिव पौडेलका अनुसार गत फागुन १३ र साउन २२ गते केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्रअनुसारको प्रक्रिया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशील सदस्यताको नामावली (नयाँ र नवीकरण) स्वीकृत नहुने भएको छ ।

काँग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता सङ्ख्या हाल करिब पाँच लाख छ । काँग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो सङ्ख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ ।

काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ । काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्को व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.