महालक्ष्मी इन्स्योरेन्सले गर्यो पोलिसी बोनस घोषणा
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोलिसी बोनस घोषणा गरेको छ । नियामक निकाय बिमा समितिले स्वीकृति दिएपछि महालक्ष्मीले पोलिसी घोषणा गरेको हो । महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७५/७६ को मूनाफाबाट बीमितहरुलाई पोलिसी बोनस घोषणा गरेको छ ।
कम्पनीले मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५/७६ को लागि न्यूनतम रु ५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो।
महालक्ष्मीले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो ।
कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभएसम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको बीमा समितिबाट स्वीकृत बोनस यस्तो छ ।

Facebook Comments Box
