सिटिजन लाईफ इन्स्योरेन्सले सार्वजनिक ग¥यो नयाँ बोनसदर
काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । गत कार्तिक २५ गते बीमा समितिबाट स्वीकृत भएको नयाँ बोनसदर आज सार्वजनिक गरिएको हो ।
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले न्यूनतम प्रतिहजार २५ रुपैयाँ देखि ७३ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ । सञ्चालन अवधीमा कम्पनीले आर्जित आम्दानी, जीवन बीमा कोषको क्षमताको आधारमा जीवन बीमा कम्पनीहरुको बोनस दर निर्धारण हुने गर्दछ ।
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पाँच वटा जीवन बीमा प्रडक्टहरुमा बीमा अवधी अनुसार फरक फरक बोनस दर घोषणा गरेको छ । आज सार्वजनिक गरिएको बोनस दरमा २५ फरक फरक बोनस दर सार्वजनिक गरिएको हो ।

Facebook Comments Box
