युनाइटेड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल चयन
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल चयन भएकी छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएपश्चात् कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई सो पदमा नियुक्त गरेको जनाइएको छ ।
कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको करार अवधि गत २४ कात्तिकमा सकिएको थियो । उहाँको बिदाइसँगै कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
साथै, उनको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गतवर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको वृद्धि गर्न सफल भएको छ ।
Facebook Comments Box
