Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

चीनसँग भएका सम्झौताबाट नेपालले व्यावहारिकरुपमा लाभ लिन सक्नुपर्छ


२६ आश्विन २०७७, सोमबार १७:४९

काठमाडौं । छिमेकी चीनका राष्ट्रपति सी चीन फिङको ऐतिहासिक नेपाल भ्रमणको एक वर्ष पुगेका सन्दर्भमा नेपाल–चीन मिडिया फोरमले प्रकाशन गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चीन फिङस नेपाल भिजिट : अ पिक्चोरियल गाइड’ सार्वजनिक गरिएको छ । फोरमले आयोजना गरेको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पुस्तक सार्वजनिक गरेका हुन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको समाजवादी मुलुक चीनको कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव एवं राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा गत २०७६ असोज २५ र २६ गते नेपालको औपचारिक भ्रमणमा आएका थिए ।

नेकपा विदेश विभाग प्रमुख नेपालले चीनसँग भएका सम्झौतालाई नेपालले कागजीरुपमा मात्र नभई व्यावहारिकरुपमा लाभ लिन सक्नुपर्नेमा जोड दिँदै चीनलाई अझ विश्वासिलो र साझेदार मुलुकमा रुपमा लिनुपर्ने बताए । बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआई) चीनको मात्र स्वार्थ नभई सिङ्गो मानव जातिको हितसँग जोडिएको पहल भएकाले नेपालले यसबाट लाभ लिन सक्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, “पछिल्लो समय राष्ट्रपति सीले चीनको नेतृत्व सम्हालेपछि उहाँले बेल्ट एण्ड रोडसम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडि सारेका छन् । पुरानो सिल्क रोडले जसरी एशिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गरेको छ । यो अत्यन्तै सह्रानीय छ । यसमा नेपालको सहभागिताबाट अरु कुनै देश आत्तिनु पर्ने स्थिति छैन ।”

चीनका राष्ट्रपतिका तहबाट २३ वर्षपछि भएको त्यो ऐतिहासिक र दूरगामी महत्वको भ्रमणका अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशबीच गत वर्ष असोज २६ गते २० बुँदे सम्झौता भएको थियो ।

कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले सन् १९५५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयाममध्ये गत वर्षको राष्ट्रपति सीको भ्रमण थप बहुआयामिक भएको र यसले नेपालको अन्तर्राष्ट्रिय हैसियत बढाएको जनाए ।

नेपालले पर्यटन, कृषि र प्रविधि तथा पूर्वाधार विकासका क्षेत्रमा लाभ लिन सक्नुपर्ने जनाउँदै उहाँले अन्य बहुराष्ट्रिय दातृ निकायको स्वार्थको तुलनामा चीनका साझेदारी परियोजनामा परामर्शदाता उतैबाट ल्याउने र उतै केही रकम फिर्ता लाने ढाँचा नहुने भएकाले पनि चीनसँगको साझेदारी नेपाललाई उपयोगी हुन सक्ने औँल्याए ।

फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको भ्रमण नेपालका लागि विशेष दिनका रुपमा रहेकाले त्यसलाई अभिलेखीकरण गरिएको जनाए ।

पुस्तकमा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल र सन योङ/ बिएम रेग्मीका लेख समावेश छन् । पुस्तकमा दुई देशका संयुक्त वक्तव्य र उच्चस्तरीय भ्रमणमा भएका सम्झौता, राष्ट्रपति सी भ्रमणका तस्बीर र मुख्य समाचार सामग्री समावेश गरिएका छन् ।

कूल ११० पृष्ठको सो पुस्तकमा समाविष्ट तस्वीर राष्ट्रिय समाचार समिति, सूचना तथा प्रसारण विभाग, गोरखापत्र संस्थान र नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयबाट लिइएका हुन् ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.