Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम बढ्यो


३ मंसिर २०७७, बुधबार १३:३२

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक हजार ७४१.८१ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ०.८० ले ओरालो लागेर ३३८.०९ मा ओर्लेको छ । कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ बराबरको कारोवार भएको छ । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.२८, विकास बैंक २०.६ र जलविद्युत् १८.६१ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार १८१.०८, होटल ३९.६, वित्त ८.४३, निर्जीबन बीमा ३९७.४८, उत्पादन २३५.४५, अन्य २९.९७, लघुवित्त १४.६, जीवन बीमा ५२१.३७ र सामूहिक लगानी कोष ०.१६ ले उकालो लागेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ६२ लाख ५९ हजार ९२० बराबरको कारोवार भएको छ । यस्तै नेपाल दूरसञ्चार कम्पनी ३० करोड ८५ लाख ५१ हजार ६६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २५ करोड ८४ लाख ९१ हजार २५, शिवम् सिमेन्ट २२ करोड ७९ लाख ५४ हजार, एनआइसी एशिया बैंक १८ करोड १२ लाख २७ हजार ५७२, प्रभु बैंक १६ करोड ५९ लाख ६६ हजार ७८ र शिखर इन्स्योरेन्स १६ करोड २६ लाख पाँच हजार ९५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार कारोवार भएका कम्पनीमध्ये ७२ कम्पनीको शेयर उकालो लागेको छ भने ८७ वटाको ओरालो लाग्दा १३ वटाको भने कुनै परिवर्तन भएको छैन । स्टकका अनुसार आज हिमालयन डिस्टिलरी १०, गुर्खाज फाइनान्स १०, बोटलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९९, साल्ट टे«डिङ कर्पोरेशन ९.९८, शिवम् सिमेन्ट ९.२५, शिखर इन्स्योरेन्स ८.३८ र ओरियन्टल होटलका लगानीकर्ताले ७.७५ प्रतिशतले कमाए ।

त्यस्तै, घलेम्दी हाइड्रो ५.८०, यूनाइटेड मोदी ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६५, सबैको लघुवित्त ५.५८, नेपाल हाइड्रो डेभलपर ५.५३, सिन्धु विकास बैंक ५.११, छ्याङ्दी हाइड्रो ४.७६ र जोशी हाइड्रोपावरका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.