Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

बिमानस्थल सुरक्षा प्रहरी युनिट गठनको तयारी


२ मंसिर २०७७, मंगलवार ०८:४८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरको बिमानस्थलको सुरक्षाका लागि बिमानस्थल सुरक्षा प्रहरी गठन गर्ने बिषयमा छलफल भइरहेको बताएका छन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरक्षागार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले बिमानस्थलको सुरक्षालाई बिशिष्टिकरण र प्रभावकारी बनाउनका लागि बिमानस्थल सुरक्षा प्रहरी युनिट गठन गर्न सम्बन्धित निकायबीच छलफल भइरहेको बताएका हुन् ।

केही मानिसहरु नियतबस गलत क्रियाकलापमा संलग्न हुने तथा कतिपय अन्तर्राष्ट्रिय आपराधिक संगठनसँग समेत नजिक भएका व्यक्तिहरु बिमानस्थलको बाटो हुँदै आवतजावत गर्ने सम्भावना रहेको भन्दै उनले बिमानस्थलको सुरक्षामा खटिएका व्यक्तिहरुलाई थप तालिम र प्रशिक्षणको आवश्यकता रहेको बताए ।

उनले केही समयभित्रै गौतम बुद्ध र पोखरा तथा निकट भविष्यमा नै निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आउने भन्दै त्यसको सुरक्षा पनि महत्वपूर्ण बिषय रहेको उल्लेख गरे ।

कार्यक्रममा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले त्रिभुवन बिमानस्थलको विकास र स्तरोन्नतीको कार्य तीव्र ढंगले अघि बढिरहेको जानकारी दिए ।

त्रिभुवन बिमानस्थलमा खटिएका सुरक्षाकर्मीलाई आराम गर्नका लागि सुरक्षागार्ड भवन निर्माण गरिएको र यसले बिमानस्थलको सुरक्षामा खटिएकाहरुको मनोवल उच्च हुने विश्वास लिएको बिमानस्थलले जनाएको छ । तीन सय ५० जना सुरक्षाकर्मी अट्ने भवन संचालनमा आएसँगै विमानस्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीले विमानस्थलभित्रै स्तरीय आवास सुविधा पाउने भएका छन् ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.