Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

चीनको नेतृत्वमा विश्वकै ठूलो स्वतन्त्र व्यापार समूह गठन


१ मंसिर २०७७, सोमबार ०६:४३

विश्व अर्थतन्त्रको झन्डै एक तिहाइ भाग ओगेटेका १५ देशहरूले संसारकै सबैभन्दा ठूलो व्यापार समूह गठन गरेका छन् । “रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरशीप, आरसीईपी“मा दक्षिणपूर्वी एशियाका १० देशको साथसाथै दक्षिण कोरिया, चीन, जापान, अस्ट्रेलिया र न्यूजील्यान्ड छन् । यो सम्झौतालाई यस क्षेत्रमा चीनको बढ्दो प्रभावको उदाहरणका रूपमा हेरिएको छ ।

सन् २०१७ मा एशिया(प्यासिफिक व्यापार सम्झौताबाट हात झिकेको अमेरिका यो नयाँ समूहमा समावेश छैन । राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुमै ट्रान्स प्यासिफिक पार्टनरशीपबाट अमेरिकालाई अलग गरेका थिए ।

सो सम्झौतामा १२ देश थिए र पूर्वराष्ट्रपति बाराक ओबामाले चीनको बढ्दो प्रभाव कम गर्ने रणनीतिका रूपमा त्यसलाई समर्थन गरेका थिए । आरसीईपीका लागि सन् २०१२ मा छलफल सुरु भएको थियो। यो सम्झौतामा आइतवार भियतनाममा दक्षिणपूर्वी राष्ट्रहरूको शिखर सम्मेलनको क्रममा हस्ताक्षर गरिएको हो ।

‘आठ वर्षको गहन कार्यपछि आज हामीले आरसीईपीको छलफललाई सम्पन्न गर्दै हस्ताक्षरको चरणसम्म ल्याउन पाएको बताउन पाउँदा म खुशी छु,’ भियतनामका प्रधानमन्त्री न्यूयन झुहान पुकले बताए ।

अधिकारीहरूले भर्चुअल सम्मेलनमा एकपछि अर्को गर्दै हस्ताक्षर गरेर क्यामरामा देखाएका थिए । सम्झौताले कोरोनाभाइरस महामारीपछि अर्थतन्त्र उकास्न सहयोग गर्ने आशा गरिएको छ । ‘समकालीन विश्व अवस्थाका बीच आठ वर्षको छलफलपछि आरसीईपीमा हस्ताक्षर भएको तथ्यले बादलबीच प्रकाश र आशाको किरण सञ्चार गरेको छ,’ चिनियाँ प्रधानमन्त्री ली खच्याङ्गले भने ।

लीले यो सम्झौतालाई ’बहुपक्षीयता र स्वतन्त्र व्यापारको विजय’ भएको बताए । भारत पनि छलफलमा समावेश भएको थियो तर गत वर्ष कम भन्सारले स्थानीय उत्पादकलाई असर गर्नसक्ने भन्दै छलफलबाट हटेको थियो ।

सम्झौतामा रहेका देशहरूले भारतलाई यसमा प्रवेश गर्ने ढोका खुला रहेको बताएका छन् । आरसीईपीका सदस्य राष्ट्रहरूमा विश्वका एक तिहाइ जनसङ्ख्या छन् र विश्वको कुल गार्हस्थ्य उत्पादनको २९ प्रतिशत हिस्सा ओगट्छन् । नयाँ स्वतन्त्र व्यापार समूह अमेरिका(मेक्सिको(क्यानडा सम्झौता वा युरोपियन युनियनभन्दा पनि ठूलो रहेको छ ।

आरसीईपीले २० वर्षभित्र विभिन्न वस्तुको आयात शुल्क हटाउने छ । यसमा दुरसञ्चार, वित्त सेवा, विद्युतीय व्यापार, व्यवसायिक सेवा र बौद्धिक सम्पत्तिसम्बन्धी व्यवस्थाहरू रहेका छन्।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.