Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

प्रचण्डलाई चिठ्ठी लेखेजस्तै एकपल्ट जनतालाई पनि चिठ्ठी लेखेर बताइदिनुहोस् न, प्रधानमन्त्रीज्यू !


३० कार्तिक २०७७, आईतवार १४:४७

नारायण गाउँले ।

ओलीजी,
तपाईंमाथि भ्रष्टाचारका आरोप प्रचण्ड या तपाईंकै पार्टीको सचिबालयले मात्रै लगाएको होइन ।
१-वाइडबड़ी काण्डमा संसदीय छानबिन समितिले अनियमितता भएको ठहर गरेर कारबाही गर्न सिफारिश समेत गरेकै हो ! तपाईंले व्यक्तिगत रूपमा सफाइ दिएर आफूखुसी छानबिन समिति गठन गर्नुभएको थियो । निष्कर्ष पहिल्यै आफैले तोकेर तपाईंले गठन गरेको छानबिन समितिले के प्रतिवेदन दियो भन्ने तपाईंले लुकाउनुभयो ।

२-ओम्नीले कसरी र किन ठेक्का पाएको थियो भन्ने जगजाहेर छ । तपाईंले त्यसको पनि हत्तपत्त बचाउ गर्नुभो । गुणस्तरहीन सामान तीन गुना बढ़ी मूल्यमा ल्याइएको तथ्य प्रचण्ड या माधव नेपालले होइन, तपाईंकै सरकारी निकाय स्वास्थ्य विभागले स्वीकार गरेको हो । तपाईंले बचाउ गरेको ओम्नीको ठेक्का प्रचण्डले रद्द गरेको हो ? ओम्नी काण्ड फेल भएपछि सेना प्रयोग गरेर रक्षामन्त्रीले तिनै सामान झन बढ़ी मूल्यमा ल्याउने षड्यन्त्र गरेको त सेनाले समेत बुझेर हात झिकेको होइन ? विभाग आफैले खुला प्रतिष्पर्धा मार्फ़त् १५ रुपियाँमा किनेको मास्कलाई सोही समयमा सेनामार्फ़त ५२ रुपियाँ तिरिएको होइन ? यस्तो सस्तोमा किनेपछि बाँकी सामान पनि यसरी किन्नुपर्नेमा स्वास्थ्य विभागकै निर्देशकहरूलाई कोभिड़कै बीचमा सरूवा गरिएको होइन ?

३-यति बारेको आरोप माधव नेपालले हो र लगाएको ? तपाईंले चीन भ्रमण गर्दा सरकारी विमान छोडेर यतिकै लगानीको हिमालयन एअर किन चार्टर गर्नुभएको ? विदेशमा अलपत्र मजदुरको उद्धारको नाममा बीस हजार पर्ने भाड़ालाई पचास हजार तोकेर हिमालयनलाई किन पोस्नुभएको ? गोकर्ण रिसोर्टदेखि दरबार मार्गसम्म किन कुनै एउटा कम्पनीलाई नाफ़ा हुने गरी नीतिनियम फेरबदल गर्ने काम हुन्छ ?

४-बालुवाटार काण्डमा प्रत्यक्ष लाभग्राही नेता थिए विष्णु पौडेल । उनले चार चोटि पास भएको भनिए पनि सरकारी छानबिन समितिले नै भूमाफिया भनेर किटेका शोभाकान्त ढकालसँग सोझै जग्गा किनेका थिए । भूमाफियासँग उनको पुरानो दोस्ती र सम्बन्ध सार्वजनिक समेत भएको थियो । उनले तिरेको भनिएको मूल्यमा त्यहाँ एक बित्ता जग्गा पनि आउन्न भन्ने त दुनियाँलाई थाहा छ । फेरि उनी त प्रमाणित सुकुम्बासी । एउटा सुकुम्बासीले बालुवाटार किन्न सक्नु या बालुवाटार किन्न सक्नेले सुकुम्बासी बनेर राज्यसँग जग्गा उछिट्याउनु छानबिनसम्मको विषय पनि होइन ? सामान्य अध्ययन पनि पूरा नगरेका उनी कुन नैतिकता, छवि र योग्यताका आधारमा अर्थमन्त्री बनाइए ?
एउटा चकलेट व्यापारी पोस्न नीति नै फेर्नेदेखि सरकारी गोप्य सूचना स्वार्थपूर्तिका लागि चुहाउनेसम्मका आरोप पनि मिडियामा सप्रमाण आएका आरोप हुन् । विश्व कोभिड़सँग लड्दै गर्दा राष्ट्रपतिलाई दुरुपयोग गरेर रातारात पार्टी फुटाउने विधेयक कस्ले ल्याएको हो ? हरेक पटक भ्रष्टाचारको विषय उठ्ने बित्तिकै छानबिन हुनुअघि नै सफाइ दिने को हो ? चोरको खुट्टा काट्ने कुरो सुन्नेबित्तिकै खुट्टा तान्ने को हो ?
होला, सुशासन र विकासभन्दा पनि प्रचण्ड समूहलाई सत्ता र शक्तिमा हिस्सा चाहिएको होला । तपाईंले मात्रै खाएकोमा ईर्ष्या लागेको होला । यी मुद्दा या आरोपहरू हतियार बनाइएका होलान् । तर, यी मुद्दा प्रचण्डले सिर्जना गरेका होइनन् । प्रचण्डलाई मात्रै जबाफ या भाग दिएर यो विषय पक्कै सकिँदैन ।

ओलीज्यू,
प्रचण्डलाई चिठ्ठी लेखेजस्तै एकपल्ट जनतालाई पनि चिठ्ठी लेखेर बताइदिनुहोस् न !
– महामारीदेखि आर्थिक सङ्कटसम्मका विषयमा हरेक दिन सिंहदरबारका बैठकमा सहभागी हुनुपर्ने व्यक्ति बालुवाटारमैं बसेर दिनहुँ पार्टीको भागबण्डामा षड्यन्त्र बुन्दै बस्ने कहिलेसम्म ?
– र, चाडबाडमा देशका मुख्य मन्दिर र स्कुलहरू बन्द गरेर आमसभा गर्दै आत्मप्रसंशाको भाषणमा रमाउने कहिलेसम्म ?

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.