Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

कहिलेसम्म उपलब्ध हुन्छ कोभिडविरुद्धको खोप ?


३० कार्तिक २०७७, आईतवार ०५:२३

जब कोरोनाभाइरसको खोप विकास हुन्छ, तत्कालै सबैलाई पुग्ने गरी खोप उपलब्ध भइहाल्दैन । अनुसन्धान संस्था, प्रयोगशाला र औषधि निर्माण कम्पनीहरू अहिले प्रभावकारी खोपको विकास, परीक्षण र उत्पादन गर्न लाग्ने समयको लेखाजोखा गरिरहेका छन् । विश्वव्यापी रूपमा खोप उपलब्ध होस् भन्ने सुनिश्चित गर्न अभूतपूर्व कदमहरू चालिएका छन् तर धनी देशले अगाडि पाउने र कमजोर देश पछि पर्ने चिन्ता प्रकट भइरहेका छन् । सङ्क्रामक रोगका खोपको विकास, परीक्षण र वितरणका लागि वर्षौँ लाग्छ ।

अझ त्यसको सफलता पनि सुनिश्चित हुँदैन । कोरोनाभाइरसको हकमा कुन खोप प्रभावकारी हुनसक्छ भनेर दशौँ हजार मानिस सहभागी परीक्षण चलिरहेको छ । त्यसो गर्दा पाँचदेखि १० वर्ष लाग्ने अनुसन्धानदेखि वितरणसम्मको प्रक्रियालाई केही महिनामा झारिएको छ । लगानीकर्ता र उत्पादकले प्रभावकारी खोप तयार पार्न अर्बौँ डलर खर्च गरिरहेका छन् ।

रुसले स्पुत्निक-भी खोपले बिरामीहरूको रोगप्रतिरोधी प्रतिक्रिया उत्पन्न गराएको भन्दै अन्तिम चरणको परीक्षण जारी रहँदै सर्वसाधारणलाई खोप उपलब्ध गराएको छ । चीनले आफूले खोप विकासमा सफलता पाएको र त्यो खोप देशको सेनालाई दिइएको जनाएको छ । दुवै खोप विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले भनेको तेश्रो चरणको परीक्षण सूचीमा छैनन् र उनीहरूको द्रुत विकासलाई लिएर आशङ्काहरू खडा भएका छन् ।

परीक्षणमा अघि रहेका भनिएको केही खोपले यसै वर्षको अन्त्यसम्म अनुमति पाउने भनिएको छ । तर डब्लूएचओले सन् २०२१ को मध्यअघि बृहत् रूपमा खोप लगाउने काम अघि नबढ्ने बताएको छ । फिजर र बायोएनटेकले प्रारम्भिक विश्लेषणले आफूहरूले बनाएको खोपले ९० प्रतिशतभन्दा बढी मानिसहरूलाई कोभिड १९ बाट जोगाउने बताउँदै नोभेम्बरको अन्त्यमा खोपको प्रयोगका लागि आपत्कालीन अनुमति माग्दै निवेदन दिने बताएका छन् ।

फिजरले यस वर्षको अन्त्यसम्म पाँच करोड मात्रा र अर्को वर्षको अन्त्यसम्म एक अर्ब ३० करोड मात्रा खोप बनाउने बताएको छ । अक्सफर्ड विश्वविद्यालयले विकास गरेर अनुसन्धानकै चरणमा रहेको खोप उत्पादनको अनुमति ब्रिटेनको औषधि उत्पादक एष्ट्राजेनेकाले लिएको छ ।

उसले विश्वव्यापी उत्पादन क्षमता विस्तार गर्दै परीक्षण सफल भए विश्वलाई दुई अर्ब र यूकेलाई १० करोड खोप आपूर्ति गर्ने बताएको छ । अरू दर्जनौँ औषधि उत्पादक कम्पनी पनि प्रतिस्पर्धामा छन् । खासमा सरदर १० प्रतिशत खोप परीक्षण सफल हुने भएपनि विश्वव्यापी चासो, गठबन्धन र साझा उद्देश्यका कारण यसपटक अवस्था फरक हुने ठानिएको छ।

खोप राष्ट्रवाद
केही प्रमाणित नभएका सम्भावित खोप आफ्ना लागि सुनिश्चित गर्न विभिन्न देशका सरकारले सम्झौता गरिरहेका छन् । उदाहरणका लागि वेलायत सरकारले विभिन्न छ सम्भावित कोरोनाभाइरस खोपका लागि सम्झौता गरेको छ तर रकम भने खुलाएको छैन । अमेरिकाले द्रुत रूपमा सफल खोपलाई हासिल गर्न आफ्नो लगानी परिचालन गरेको छ र ज्यानुअरीसम्म ३० करोड मात्रा खोप प्राप्त गर्ने अपेक्षा गरेको छ । तर धेरै देशहरू यस्तो गर्न सक्ने अवस्थामा छैनन् । अग्रमोर्चामा खटिएर खोप वितरण गर्ने संस्था मेदसाँ सं फ्रँतिएले फर्मास्युटिकल कम्पनीहरूसँग यसरी सम्झौता गर्दा धनी देशबाट खोप राष्ट्रवादको खतरनाक प्रवृति निम्तिने बताएको छ । डब्लूएचओले पनि पैसा तिर्न सक्नेले मात्र नभई सबै देशले खोपमा समान पहुँच पाउनुपर्ने बताएको छ ।

के विश्वव्यापी खोप कार्यदल छ ?
डब्लूएचओले महमारी नियन्त्रण समूह सेपी र सरकार र सङ्घसंस्थाहरूको खोपको गठबन्धन गाभीसँग मिलेर सबैलाई समान पहुँच दिलाउने प्रयास गरिरहेको छ । सन् २०२० को अन्त्यसम्ममा दुई अर्ब डलर जुटाउने लक्ष्य राखेर संसारभर खोप वितरण गर्न अघि बढाइएको कोभ्यास खोप अभियानमा ९४ वटा धनी देशले सहभागीता जनाइसकेका छन् । डब्लूएचओबाट अलग हुने इच्छा राखेको अमेरिका उक्त अभियानमा छैन । कोभ्याक्समा श्रोत जुटाएर सहभागीले कम आय भएका अफ्रिका, एशिया र ल्याटीन अमेरिकाका देशहरूमा बराबर हैसियतमा खोपमा पहुँच दिलाउने अपेक्षा गरिएको छ । यो अभियानले कैयौँ खोप अनुसन्धान र उत्पादनलाई श्रोत जुटाउन मद्दत गरिरहेको छ । कुनै एक खोपको परीक्षण सफल भएपनि सन् २०२१ सम्ममा दुई खर्ब खोपका मात्रा वितरण गर्ने कोभ्याक्सको लक्ष्य छ ।

खोपको मूल्य कति पर्छ?
खोपको विकासका लागि अर्बौ डलर लगानी भइरहेको छ भने त्यसको खरिद र वितरणका लागि दशौँ लाख डलर प्रतिबद्धता गरिएको छ । खोपको मूल्य यसको प्रकृति, उत्पादक र माग गरिएको खोपको मात्रामा निर्भर हुने देखिन्छ । फर्मास्युटीकल कम्पनी मोडेर्नाले सम्भावित खोप प्रतिमात्रा ३२ देखि ३७ डलर सम्भावित खोप बिक्री गर्ने बताएको छ । एस्ट्राजेनेकाले भने महामारीको समयमा केही डलर मूल्यमा त्यसलाई बेच्ने बताइरहेको छ । परिमाणको हिसाबले संसारको सबैभन्दा ठूलो खोप निर्माता भारतको सिरम इन्स्टिच्यूट अफ इण्डिया एसएसआईले प्रतिखोप तीन डलर बिक्री गर्ने बताइरहेको छ ।

खोप कसलाई पहिले?
सुरुमा सीमित आपूर्ति हुने हुँदा मृत्यु घटाउन र स्वास्थ्य सेवा जोगाउने विषयले प्राथमिकता पाउने देखिन्छ । गाभीले मध्यम र कम आय भएका देशलाई सुरुमा उनीहरूको जनसङ्ख्याको तीन प्रतिशतलाई पुग्ने खोप दिने भनेको छ। त्यसले स्वास्थ्यकर्मी र समाजिक स्याहारमा खटिने व्यक्तिहरूलाई समेट्छ । थप खोप उत्पादन भइरहँदा २० प्रतिशत आपूर्ति गर्ने भनिएको छ जसमा ६५ वर्ष नाघेका व्यक्तिहरू र जोखिममा रहेका समूहहरू प्रथमिकतामा पर्नेछन् ।

सबै देशहरूले २० प्रतिशत खोप पाइसकेपछि देश अनुसारको जोखिमको अवस्था र कोभिड १९ को चुनौती हेरेर थप खोप वितरण गरिनेछ। अझै पनि यस विषयमा वार्ता चलिरहेको छ । चरम महामारी वा अरू हिसाबले पहुँच पाउन नसक्ने शरणार्थीजस्ता वर्गलाई लक्षित गरी सम्भावित खराब अवस्थालाई ध्यान दिएर उपलब्धमध्ये करिब पाँच प्रतिशत खोप अलग्गै राख्ने पनि भनिएको छ । खोपलाई तापक्रम मिलाएर भण्डारण गर्नुपर्ने र हाल परीक्षणमा रहेका खोपका विभिन्न मापदण्ड रहेकाले चिसो कायम राख्ने उपकरणहरू जुटाउने चुनौती पनि छ ।
बीबीसीबाट

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.