Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

यस्ता छन् कांग्रेस केन्द्रीय कार्य समिति बैठकका निर्णय


२८ कार्तिक २०७७, शुक्रबार १३:३२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिमा १० जना नयाँ सदस्य समायोजन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले राप्रपाका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्य सहित जम्मा ३१ जना कांग्रेस पार्टीमा प्रवेश गरेकामध्ये १० जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेको हो ।

जसअनुसार थापालाई सहमहामन्त्री बनाइएको छ । बैठकले क्रियाशील सदस्यताको विवरण मंसिर मसान्तसम्म काठमाडौंमा ल्याउने पनि निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महत्तले जानकारी दिए । त्यस्तै बैठकले सांसद सूर्यकुमार केसीको निधनपछि रिक्त रहेको कांग्रेस कोटाको समानुपातिक सांसदमा मोहन पाण्डेलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

बैठकले चिनियाँ मुखपत्र ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखमा कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त लेखमा सीमा अतिक्रमण सम्बन्धमा सार्वजनिक भएको प्रतिवेदनलाई गलत र दुष्प्रचारको संज्ञा दिइएको भन्दै निन्दा समेत गरिएको सहमहामन्त्री महतले जानकारी दिए । नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा कांग्रेस सधैं अडिग रहेको उनले बताए ।

कर्णाली प्रदेश सभाका सदस्य तथा विपक्षी दलका नेता जीवनबहादुर शाही सहितको टोलीले विस्तृत स्थलगत भ्रमण गरी नेपालको भूमिमा अतिक्रमण भएको प्रतिवेदन दिएपछि पनि सरकारले यस सम्बन्धमा कुनै छानविन गर्न पहल नगर्नु सरकारको यस्तो गैर जिम्मेवार प्रवृति भएको कांग्रेसको ठहर छ ।

त्यस्तै बैठकले देशमा व्याप्त महामारी, भ्रष्टाचार, मूल्यवृद्धि, कालावजारी, कृत्रिम अभाव, वेरोजगारी, किसानका समस्या सरकारको अकर्मण्यता, गैरजिम्मेवारी र अलोकतान्त्रिक चिन्तनको उपज भएको ठहर पनि गरेको छ । पार्टीभित्रका समस्या समाधानका लागि विस्तृत छलफल गर्न तिहारपछि पुनः बैठक बस्ने निर्णय भएको महतले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.