Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

एउटा यस्तो ग्रह जहाँ चट्टानको वर्षा हुन्छ अनि लाभाको समुद्र बग्छ


२८ कार्तिक २०७७, शुक्रबार ०९:१२

केटू-१४१बी (K2-141b) नामक ग्रहमा पानीको होइन, चट्टानको वर्षा हुन्छ। त्यहाँका समुद्रहरू ज्वालामुखीबाट निस्किने लाभाबाट बनेका छन् र ती १०० किलोमिटर गहिरा छन्। अनि त्यहाँ चल्ने हुरी ध्वनिको गतिभन्दा चार गुना बढी वेगले चल्छन्।

‘यो अत्यन्तै गजबको ग्रह छ जहाँ मौसम चरम खालका छन्, जहाँ खनिजको वर्षा र हिमपात हुन्छ अनि जहाँ ध्वनिभन्दा धेरै वेगमा हुरी चल्छ,’ खगोलशास्त्री तथा प्रमुख लेखक ट्यु ग्याङ् नगुयेनले बताए।

‘यो बस्नलाई उचित ठाउँ होइन तर अध्ययन गर्नको निम्ति गजबको ग्रह हो। हामीले पृथ्वीमा त्यतिकै ग्रहण गरिरहेका कुराहरूको तुलना गर्दा त यो ग्रह बिछट्टको छ!’ उनका सह अन्वेषक प्राध्यापक निकोलस कोवनले भने ।

भारत तथा क्यानडाका खगोलशास्त्रीहरूसँग मिलेर उनीहरूले केटू १४१बी ग्रहका पछिल्ला खोजबारे नयाँ लेख प्रकाशित गरेका छन् ।

’लाभाको ग्रह’मा स्वागत छ
केटू १४१बी लाई अर्को नाम इपिक २४६३९३४७४.०१ बाट पनि चिनिन्छ । यो ग्रह २०२ प्रकाश वर्ष टाढा रहेको एक्वारियस तारामण्डलमा पर्छ । यो अग्निज्वालायुक्त र बस्न अयोग्य संसारमा समय पनि चाँडै व्यतीत हुन्छः केटू १४१बी ग्रहले उसको तारालाई सात घण्टामै एक फन्को लगाइसक्छ । यसको तारालाई खगोलशास्त्रीहरूले ’अरेन्ज ड्वार्फ’ प्रकृतिको भएको बताउँछन् ( जुन हाम्रो सूर्यभन्दा निकै चिसो छ र मधुरो पनि छ जसले गर्दा पृथ्वीबाट देख्न पनि सकिँदैन।

‘यो ज्वालामुखीको लाभाको ग्रह हो,’ भारतको विज्ञान शिक्षा एवम् अनुसन्धान इन्स्टिच्यूट (कोलकाता), योर्क विश्वविद्यालय (टोरन्टो, क्यानडा) र मक्गिल विश्वविद्यालय (मन्ट्रीओल, क्यानडा) का वैज्ञानिकहरूको भनाइ छ।

साथै यसलाई ‘सुपर अर्थ’ पनि भनिएको छ किनकि आकारमा यो हाम्रो पृथ्वीजत्रै भए पनि यसको पिण्ड पृथ्वीको भन्दा पाँचगुना धेरै छ। अर्थात् केटू १४१बी को गुरुत्वाकर्षण शक्ति पृथ्वीको भन्दा पाँचगुना शक्तिशाली छ।

केटू १४१बी लाई सबभन्दा पहिले सन् २०१८ मा केप्लर स्पेस टेलिस्कोपको ‘केटु मिशन,’ ले पत्ता लगाएको भए पनि अहिले आएर अनुसन्धानकर्ताहरूले यो ग्रहको विचित्र गुणहरू थाहा पाउँदैछन्।

त्यहाँको मौसम कस्तो छ ?

केटू १४१बी ग्रहले केही घण्टामै आफ्नो ताराको परिक्रमा गरिसक्ने भएपनि यो ग्रह पृथ्वीजस्तै आफ्नै अक्षमा पनि भने घुम्दैन । ‘जसको अर्थ हुन्छः यो ग्रहको दुईतिहाइ भूभाग सधैँ प्रकाशतर्फ फर्किएको हुन्छ र जहिल्यै पनि दिनमात्र हुन्छ। त्यो भूभागमा तापक्रम ३,००० डिग्री सेल्सीअससम्म पुग्छ,’ प्राध्यापक कोवनले बताए । अनि विपरीत भूभागमा भने सधैँ रात हुन्छ र तापक्रम माइनस २०० डिग्रीमा झर्छ । तापक्रममा यति धेरै फरक हुनाले त्यहाँको मौसम पनि चरम प्रकारको हुन्छ‘ अनि खगोलशास्त्रीहरूले भनेजस्तै ‘चट्टानको वर्षा’ हुन्छ । पृथ्वीको जलचक्रलाई एक पटक स्मरण गरौँ सतहबाट पानी बाफिएर उड्छ, बादलमा परिणत हुन्छ र वर्षाका रूपमा झरेर ताल तथा समुद्रमा पानी घट्न दिँदैन। यही प्रक्रिया चलिरन्छ । ‘तर केटू १४१बी ग्रहमा भने यही चक्र पानीको होइन चट्टानको चलिरहन्छ!’ प्राध्यापक कोवनले भने।

’अनौठो र गजबको’
‘तपाइँले के बुझ्नुपर्यो भने यो ग्रहमा सबैथोक चट्टानले बनेको छ,’ उनले भने । प्रकाश पर्ने ग्रहको भागमा ‘तापक्रम यति धेरै हुन्छ कि चट्टान पग्लिएर अनि वाष्पीकृत भएर पातलो वातावरणमा उड्छ। एकदमै अनौठो!’ ‘तर प्रकाश नपर्ने अँध्यारो भागमा भने वातावरण नै छैन। एकदमै चिसो र जमेको छ,’ उनले भने । ग्रहको उज्यालो तातोे र अँध्यारो चिसोे भागबीच तापक्रम र चापमा यस्तो धेरै फरकका कारण त्यहाँ ध्वनिभन्दा धेरै वेगमा हुरी चल्छ ( झन्डै ५,००० किलोमिटर प्रतिघण्टा वेगमा । त्यस्तो हुरीले ‘वाष्पीकृत चट्टानका कण उडाएर अँध्यारो भूभागमा पुर्याइदिन्छ जहाँ चिसोका कारण ती चट्टान ससाना कणमा जम्छन्,’ प्राध्यापक कोवनले भने ।

‘त्यसबाट चट्टानको वर्षा वा चट्टानको हिमपात हुन्छ जो तल म्याग्मा समुद्रमा खस्छन्,’ उनले थपे । ‘केटू(१४१बी ग्रहबारे यो अध्ययनले पहिलो चोटि मौसमको अनुमान गरेको छ,’ नगुयेनले भने । ‘सयौँ प्रकाश वर्ष टाढाबाट अत्याधुनिक टेलिस्कोपको प्रयोग गरेर’ यसो गर्न सम्भव भएको बारे उनले उत्साह प्रकट गरे ।

हामीलाई किन चासो ?

यो सबै रमाइलो छ तर हामी पृथ्वीवासीलाई त्यसको के अर्थ । ‘केटू १४१बी ग्रहको अध्ययनले हामीलाई पृथ्वीको विगत बुझ्न सहयोग गर्छ किनकि कुनै समय पृथ्वीमा पनि म्याग्मा (उच्च तापले पग्लिएको अवस्थामा रहेको चट्टान) नै म्याग्मा थियो,’ नगुयेनले भने । ‘लाभा ग्रहले ग्रहहरूको विकास क्रमबारे दुर्लभ तस्बिर देखाउँछ,’ प्राध्यापक कोवनले थपे, ‘पृथ्वीलगायत सबै चट्टानी ग्रहहरूको विकास यस्तै अवस्थाबाट सुरु भए र पछि तीव्र गतिमा चिसिए।’

त्यसैले केटू १४१बी बाट जानकारी हासिल गरेर हामीले पृथ्वीकै उत्पत्ति र विकासबारे थप थाहा पाउन सक्छौँ। त्यसबाहेक अर्को फाइदा पनि छ । ‘यो अध्ययनले भविष्यमा अनगिन्ती लाभा ग्रहहरूको अध्ययन गर्न आधार खडा गर्न सक्छ। अनि यो सौर्यमण्डलभन्दा बाहिर रहेका पृथ्वीजस्तै र बस्न योग्य संसार खोज्न पनि सघाउनेछ,’ नगुयेनले भने । ‘यी लाभा ग्रह अध्ययन गर्नका निम्ति असाध्यै रुचिकर छन्। धेरै अनौठा कुरा थाहा पाइन्छ!’ प्राध्यापक कोवनले थपे।

यदि तपाइँसँग दशौँ अर्ब डलर पर्ने महँगा टेलिस्कोपको पहुँच छैन भने पनि आफ्नै कुर्सीमा आरामसँग बसेर नासा क्याटलग मार्फत् केटू १४१बी ग्रह र यस वरपरको वैज्ञानिक रूपमा तथ्यपरक मोडलको अध्ययन गर्न सक्नुहुन्छ ।

इभा ओन्टिभेरस
बीबीसी विश्व सेवा

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.