सनराइज बैंकको पहिलो त्रैमास यस्तो देखियो
काठमाडौं । सनराइज बैंकले चालु आवको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले पहिलो त्रैमाससम्म आइपुग्दा ३८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ४५ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन गत आर्थिक वर्षको तुलनामा १५।७१ प्रतिशतले कम हो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी घटेर ९२ करोड ७९ लाख रुपैयाँमा सीमित छ । जुन गत आर्थिक वर्षको तुलनामा करिब १८ करोड रुपैयाँले कम हो । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको अन्य सञ्चालन आम्दानी बढेर २ करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ५७ लाख रूपैयाँ रहेको बैंकको सञ्चालन नाफा घटेर ५४ करोड ७१ लाख रुपैयाँमा सीमित रहेको छ ।
८ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६ करोड रुपैयाँ छ । बैंकको निक्षेप संकलन बढेर ९१ अर्ब ५५ करोड रुपैयाँ र कर्जा लगानी बढेर ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी घटेर १७.८ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १५३.९२ रुपैयाँ रहेको छ ।
