Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

कोरोना भाइरस २८ दिनसम्म जिवित रहने


२६ आश्विन २०७७, सोमबार ०२:२५

कोभिड १९ रोग गराउने कोरोनाभाइरस बैंकका नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित रहनसक्छ । तर अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका हुन् ।

परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइसकेको छ । तर कतिपय विज्ञहरूले भने वास्तविक जीवनमा सतहबाट हुने सङ्क्रमणको जोखिमबारे शङ्का प्रकट गरेका छन् ।

यो भाइरस सामान्यतया मानिसहरूले खोक्दा, हाँच्छ्यू गर्दा वा बोल्दा सर्छ । यसअघि प्रयोगशालाहरूमा गरिएका अध्ययनमा सार्स कोभ २ भाइरस नोट वा ग्लास सतहमा २ देखि ३ दिनसम्म अनि प्लास्टिक तथा स्टीलमा ६ दिनसम्म बाँच्न सक्ने देखिएको थियो । भिन्न भिन्न अनुसन्धानको नतीजा फरक देखिएका थिए ।

अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा भने भाइरस निकै जन्ड देखिएको हो । मोबाइल फोनको स्क्रीनजस्तो सम्म सतह अनि प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित पाइयो । तुलनात्मक रूपमा फ्लु भाइरस उस्तै अवस्थामा १७ दिनसम्म जीवित रहन्छ ।

‘सतहहरूमा भाइरस कत्तिको सक्रिय रहन्छ भनेर स्थापित गर्न सकिएको खण्डमा यसको सङ्क्रमणको अनुमान तथा नियन्त्रण गर्न सजिलो हुन्छ र मानिसहरूलाई जोगाउन सकिन्छ,’ उक्त निकायका प्रमुख कार्यकारी डा ल्यारी मार्शलले बताए ।

तर कार्डिफ विश्वविद्यालयका कमन कोल्ड सेन्टरका पूर्व प्रमुख प्राध्यापक रन एकल्सले उक्त अनुसन्धानको आलोचना गर्दै २८ दिनसम्म भाइरस बाँच्न सक्छ भनेर ’आम मानिसमाझ अनावश्यक त्रास’ फैलने बताए ।

‘सतहहरूमा पनि भाइरस म्युकस भनिने खकार वा सिँगानका कण अनि फोहोर औँलाबाट सर्ने हो। यो अनुसन्धानमा भाइरस सार्ने यस्ता कणको अध्ययन गरिएको छैन,’ प्राध्यापक एकल्ले भने। ताजा म्युकस भनेको भाइरसको निम्ति जोखिमपूर्ण वातावरण नै हो। त्यसमा हुने श्वेत कोषले उत्पादन गर्ने इन्जाइमले भाइरसलाई मार्छ।

साथै त्यसमा भएका एन्टीबडी तथा अन्य रसायनले पनि भाइरसलाई निस्क्रिय पारिदिन्छ। उनको विचारमा सङ्क्रामक भाइरस सतहमा टाँसिएका म्युकसमा केवल केही घण्टा नकि दिन बाँच्न सक्छ ।

गत साता युनिभर्सिटी अफ क्यालिफोर्नियाकी मेडिसिन प्राध्यापक मोनिका गान्धीले कोरोनाभाइरस सतहहरूबाट नसर्ने बताएकी थिइन् । ‘महामारीको सुरुमा सतह वा निर्जीव वस्तुमार्फत् सङ्क्रमण सर्ने निकै त्रास थियो।

तर अहिले हामीले यसको मुख्य कारण कुनै सतह छोएर अनि त्यसपछि आँखा छोएर सर्ने होइन रहेछ भन्ने थाहा पाएका छौँ। मुख्य कारण त थाहा नपाइकनै कसैले आफ्नो नाक वा मुखबाट निकालिरहेको भाइरसको नजिक पर्नु नै हो।’

अस्ट्रेलियाली निकायले गरेको अनुसन्धानमा बढी तापक्रममा भाइरस थोरै समय बाँच्ने देखाएको छ। ४० डिग्रीको तापक्रममा केही सतहमा २४ घण्टापश्चात् भाइरस निस्क्रिय भएको पाइयो ।

साथै सम्म सतह तथा कुनै छिद्र नभएका सतहमा भाइरस लामो समय रह्यो। तर कपडाजस्ता स-साना छिद्र हुने वस्तुहरूमा भने भाइरस १४ दिनभन्दा बढी सक्रिय नरहेको पाइयो । चिसा तापक्रममा स्टीलमा लामो समय भाइरस सक्रिय रहने आफ्नो नतीजाले कसरी कोभिड १९ मासु प्रशोधन तथा चिस्यान केन्द्रहरूमा फैलियो भन्नेबारे वर्णन गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

विश्वभरि त्यस्ता केन्द्रहरूमा हजारौँ कामदार सङ्क्रमित भएको पाइएका थिए । त्यसको अन्य कारणमा भने काम गर्ने वातावरण, चिसो र ओसिलो अवस्था अनि मेशिनको आवाजका कारण एकआपसमा चर्को स्वरले बोल्नु पर्ने अवस्था पनि जिम्मेवार रहेको विगतमा बताइएका थिए ।

अस्ट्रेलियाली अनुसन्धानकर्ताहरूले उनीहरूको नतीजाले पहिलेका अध्ययनले जस्तै भाइरस ताजा वा फ्रोजन (चिसोमा जमाइएका) खानामा पनि रहनसक्ने देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यसबारे भनेको छः ‘कोभिड १९ खाना वा खानाको प्याकेजबाट सङ्क्रमण सरेको कुनै मामिला हालसम्म पुष्टि भएको छैन।’ तर उसले सङ्क्रमण सर्नबाट रोक्न केही पूर्वसावधानीका उपायहरू भने सुझाएको छ ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.