Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै पाँच अर्बको कारोबार


२७ कार्तिक २०७७, बिहीबार १३:४४

काठमाडौं ।  साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ ।

कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर रु चार अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद बिक्री भयो । नेप्से उकालो लागेर कारोबार रकमसमेत वृद्धि हुँदा त्यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ ।

स्कटका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १०.२१, व्यापार १६४.७१, निर्जीवन बीमा ३९.१६, अन्य २८.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । यस्तै, होटल १८.४१, विकास बैंक ४.४७, वित्त ३.६५, उत्पादन ३०.८६, लघुवित्त १.७१ र जीवन बीमा २८.९२ विन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २८ करोड ५५ लाख पाँच हजार ६६९ बराबरको कारोबारभयो । यस्तै साल्ट टेडिङ कर्पोरेशन रु २६ करोड सात लाख ९१ हजार ६०९, प्रभु बैंक रु २० करोड ८२ लाख ६८ हजार ६१६, हिमालयन डिस्टिलरी रु १८ करोड ७६ लाख ८५ हजार ४९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १६ करोड तीन लाख ७८ हजार ५३५, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर रु १५ करोड ९४ लाख ३६ हजार ३३८ र शिवम सिमेन्ट रु १३ करोड ६४ लाख ५४ हजार ३३९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज विशाल बजार कम्पनी ९.९९, साल्ट टेडिङ कर्पोरेशन ९.९९, नाडेप लघुवित्त ८.१६, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ७.२५, सबैको लघुवित्त ६.२५, नेपाल दूरसञ्चार कम्पनी ५.१८ र सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीले ४.०१ प्रतिशतले कमाए । यसैगरी, गणपति माइक्रोफाइनान्स ५.२३, पञ्चकन्या माई हाइड्रोपावर ३.९५, एनआईसी एशिया ग्रोथ फण्ड ३.६०, रैराङ हाइड्रोपावर ३.४४, एनआरएन इनफ्रास्ट्रकचर ३.२१ र आईसीएफसी फाइनान्सका लगानीकर्ताले ३.०१ प्रतिशतले गुमाए ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.