बूढीगण्डकीमा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न भट्टराईको माग
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको अनियमितताका सम्बन्धमा उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न माग गरेका छन् । कांग्रेसले अभिव्यक्ति प्रमाणित गर्न चुनौतीको दिएपछि भट्टराईको यस्तो अभिव्यक्ति आएको हो ।
उनले त्यसको छानबिनमा सघाउन आफू तत्पर रहेको समेत बताएका छन् । उनले लखेका छन्, ‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग गर्दछु।त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु।’
केही दिनअघि डा. भट्टराईले बूढीगण्डकी आयोजनाको नौ अर्ब रुपैयाँ प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले बाँडेर खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसको खण्डन गर्दै नेपाली कांग्रेसले देउवाले भ्रष्टाचार गरेको प्रमाण पुष्टि गर्न भट्टराई चुनौती दिएको छ ।

