तिहारमा कुनै पनि बैंकका शाखा कार्यालय नखुल्ने
काठमाडौं । तिहारमा कुनै पनि बैंकको शाखा कार्यलय नखुल्ने भएको छ । बैंकका कर्मचारी संक्रमित हुने संख्या बढ्दै गरेको हुँदा नेपाल बैंकर्स संघले तिहारमा सबै बैंकको शाखा कार्यलय बन्द गर्ने निर्णय गरेको हो ।
संघले कात्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा दिने जनाएको छ । यसअघि बिदाको बेला पनि निश्चित अवधिका लागि बैंक खुला रहने गर्थियो ।
संघले एटिएम तथा डिजिटल बैंकिङ सेवा भने निरन्तर हुने जनाएको छ ।
Facebook Comments Box
