Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

आर्मीनीया, अजरबैजान र रुसबीच शान्ति सम्झौतामा हस्ताक्षर


२५ कार्तिक २०७७, मंगलवार ०६:३८

विवादित नगोर्नो काराबाख क्षेत्रमा जारी सैन्य द्वन्द्व अन्त्य गर्न आर्मीनीया, अजरबैजान र रुसले सम्झौता गरेका छन् । शान्ति सम्झौता स्थानीय समय अनुसार मङ्गलवार १ बजेबाट लागू हुने बताइएको छ ।

अजरबैजान र आर्मीनीयाबीच छ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो । विवादित नगोर्नो काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ तर त्यो क्षेत्र सन् १९९४ देखि आर्मीनीयाको जातीय समूहको नियन्त्रणमा छ ।

पछिल्लो सप्ताहान्तमा अजरबैजानका सुरक्षा फौजले उक्त क्षेत्रमा पर्ने सुसआ सहर नियन्त्रणमा लिन सफल भएको थियो। त्यो सहरलाई आर्मीनीयामा सुअसी भनिन्छ । नयाँ सम्झौताअनुसार युद्धका क्रममा नगोर्नो काराबाख क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन सफल स्थान अजरबैजानले प्राप्त गर्नेछ । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू फिर्ता हुन आर्मीनीयाले सहमति जनाएको छ ।

युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकोप्टर खसालेको पनि स्वीकार गरेको छ । उक्त आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

रुसी राष्ट्रपति भल्लादिमिर पुटिनले उक्त क्षेत्रमा रुसी शान्ति सेनाको उपस्थिति रहने जनाएका छन् । त्यसबाहेक सम्झौतामा युद्धबन्दी आदानप्रदान हुने र यातायात तथा आर्थिक सम्बन्ध पुनः स्थापित गरिने बताइएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले उक्त सम्झौतालाई द्वन्द्व समाधानको एउटा महत्वपूर्ण अवस्था बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।

तर सामाजिक सञ्जालमा आर्मीनीयाका प्रधानमन्त्री निकोल पाशिनियानले भने विवादित नगोर्नो काराबाख क्षेत्रमा युद्ध अन्त्य गर्न अजरबैजान र रुससँगको सम्झौता “आफ्ना र आफ्ना देशका सर्वसाधारणहरूका लागि अत्यन्तै पीडादायी“ रहेको बताएका छन् ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.