Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

महुली लघुवित्तको खुद नाफा १ करोड ५ लाखभन्दा माथि, अधिकांश सुचक तगडा


२५ कार्तिक २०७७, मंगलवार ०४:५६

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८३ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा २२ लाख बढी हो।

१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको महुली लघुवित्तको जगेडा कोषमा २० करोड ५३ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्षको सोही अवधि को तुलनामा लघुवित्तको जगेडा कोष २ करोड ४६ लाख ८९ हजार रुपैयाँले बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ लाख ७३ हजार रुपैयाँ बढेर ४ करोड ५२ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ६ लाख ९ हजार रुपैयाँ घटेर १ करोड २६ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ।

समिक्षाअवधिसम्ममा लघुवित्तले १ अर्ब १४ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १ करोड ७३ लाख रुपैयाँ सापटीबाट २ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९३ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४ करोड ७० लाख रुपैयाँ सापटीबाट २ अर्ब १७ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.६२ प्रतिशतबाट बढेर २.४१ प्रतिशत पुगेको छ। वार्षिक प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ २ सय ६७ रुपैयाँ ७४ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २५.९६ गुणा कायम भएको छ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.