शिवम् सिमेन्ट्सको २४.२१% लाभांश पारित गर्न बार्षिक साधारणसभा आहवा
काठमाडौं । शिवम् सिमेन्ट्सले वार्षिक साधारण सभा आहवान गरेको छ । उक्त सभा भोली कात्तिक २४ गते (सोमबार) विहान ११ बजेबाट शुरु हुने जनाएको छ ।
शेयरधनीले जुममार्फत उक्त साधारण सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीले २४ दशमलव २१ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।
सभाले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६र७७ का लागि प्रतावित नगद लाभांश पारित गर्नेछ। कम्पनीले २४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्न लागेको जनाएको छ ।
उक्त सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक १३ गते बुक क्लोज गरि सकेको छ । यसर्थ, कात्तिक १२ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गरिसकेका छन् ।
यो लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत आर्थिक वर्षमा कम्पनीले १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Facebook Comments Box
