धैर्य गरौं, हामी जित्दैछौँ :बाइडन
अमेरिकाका डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार बाइडनले आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दै मतगणनामा आफू अगाडि र जित सुनिश्चित रहेको बताएका छन् ।
उनले अमेरिकाको इतिहासमै सबभन्दा धेरै मत आफ्ना पक्षमा आउने बताए । ‘२४ वर्षपछि एरिजोना जित्दैछौँ। २८ वर्षमा जोर्जिया जित्दैछौँ। पेन्सिलभेनिया जस्तो महत्वपूर्ण राज्य जित्दैछौँ। रेकर्ड नम्बरले परिवर्तन रोजेका छन्।’ उनले आफ्नो कार्यकालमा पहिलो दिनदेखि नै महामारी नियन्त्रण गर्न काम थाल्ने बताए । मतगणना जारी रहेका बेला बाइडनले धैर्य गर्न आग्रह गरेका छन् ।
उनले भने, ‘हामी शान्त रहन आवश्यक छ र प्रक्रियालाई काम गर्न दिनुपर्छ।’ ‘तपाईँको मत गणना हुनेछ। त्यसलाई रोक्न जति कोशिस गरिए पनि म त्यसो हुन दिने छैन।’ उनले भने, ‘हाम्रा अगाडि गम्भीर समस्याहरू छन्। हामीसँग पार्टीगत लडाइँमा खेर फाल्ने समय छैन।’ बाइडन ह्वाइट हाउस पुग्नका लागि महत्वपूर्ण बनेका राज्यहरू पेन्सिलभेनिया, नेभाडा, एरिजोना र जोर्जियामा अग्रता लिइरहेका छन् ।
