Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा, युद्ध अपराध मुद्दाको सामना गर्ने


२१ कार्तिक २०७७, शुक्रबार १०:०५

कोसोभाका राष्ट्रपति हाशिम थासीले पदबाट राजीनामा दिएका छन् । सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रता प्राप्त गर्नेक्रममा राष्ट्रपति थासीले छापामार लडाकूको भूमिका निर्वाह गरेका थिए ।

उनीमाथि हेग अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराध र मानवता विरोधी अपराधसँग सम्बन्धित मुद्दा लागेको छ । कोसोभो युद्धका क्रममा १० हजारभन्दा बढी मानिस मारिएका थिए ।

कोसोभोको राजधानी प्रिस्टिनामा आयोजित पत्रकार सम्मेलनमा ५२ वर्षीय थासीले भने, “हामी स्वतन्त्रता रुचाउने मानिस हौं, प्रतिहिंसक र प्रतिशोधी होइनौं । युद्धमा कोसोभो पीडित भएको थियो, सर्बियाले आक्रमणकारीको भूमिका खेलेको थियो ।”

हेग अदालतमा गत अप्रिलमा मुद्दा दर्ता भएको र अक्टोबर २६ मा न्यायाधीशले मुद्दाका बारेमा सार्वजनिक जानकारी दिएका थिए । अदालतमा विचाराधीन मुद्दामा राष्ट्रपति थासी र कोसोभो लिबरेसन आर्मीका अरु तीन जना पूर्व कमान्डरमाथि मार्च १९९८ देखि सेप्टेम्बर १९९९ को अवधिमा गैरकानुनी रुपमा धम्की दिने, अभद्र व्यवहार गर्ने, हिंसा फैल्याउने तथा आफ्ना विरोधीलाई सफाया गर्नेजस्ता गम्भीर अपराध गरेको आरोप छ ।

आरोपित थासी सहित तीन जना पूर्व कमान्डरहरु काद्री भेसेली, रेक्सहेप सेलिमी र जाकुप क्रासनिकी केही दिनभित्रै हेग अदालतमा उपस्थित हुनेछन् । उनीहरुमाथि हत्या, यातना, जबर्जस्ती बेपत्ता र उत्पीडन समेतका १०–१० वटा आरोप लागेका छन् । थासी र भेसेली दुबैले आफूहरुमाथि लागेका आरोप अस्वीकार गरेका छन् ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.