Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ९२ प्रतिशतले बढ्यो


२१ कार्तिक २०७७, शुक्रबार ०५:२९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९१.९७ प्रतिशतले बढी हो ।

२०७६/७७ को असोज मसान्तसम्म २४ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको सोहि अवधिसम्म ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँले बढी हो ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफामा वृद्धि भएको छ । यस अवधिमा कम्पनीले खुद नाफा ६२.४३ प्रतिशतले बढाएर ३ करोड ७३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा एक करोड ८५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

आईपीओ जारी पश्चात २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ सञ्चित रहेको छ । जुन गत आवको असोज मसान्तसम्ममा ११ करोड १० लाख रुपैयाँ मात्रै कम्पनीको जगेडा कोषमा सञ्चित रहेको थियो ।

त्यस्तै, गत आवको असोजसम्ममा ५३ करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा एक अर्ब ३९ करोड रुपैयाँ सञ्चित भएको छ । महाविपत्ती कोष पनि बढेर एक करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ जुन गणना गर्दा अन्तिम सेयर संख्या लिएको कम्पनीले जानकारी गराएको छ । प्रतिसेयर नेटवर्थ १०९.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०४.७५ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७५.६१ रुपैयाँ रहेको छ ।

गत असोजमा ४ हजार १३८ वटा बीमालेख जारी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले हालसम्ममा कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन कम्पनीले गत आवको सो अवधिसम्ममा ९९ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.