Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

सम्झौता कार्यान्वयनका लागि सरकारलाई खबरदारी गर्न डा. केसीको आग्रह


२० कार्तिक २०७७, बिहीबार १०:०२

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले सरकारलाई शिक्षा र स्वास्थ्यमा जनतालाई सेवा दिन कुनै चासो नदेखाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले सरकारले स्वास्थ्य र शिक्षाको व्यापारमा मात्र ध्यान दिएको आरोप लगाए । उनले १९औं सत्याग्रहका बेला र त्यसअघि पनि सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै निरन्तर खबरदारी आवश्यक रहेको बताए ।

आफूसँग सरकारले गरेको सम्झौताको एक महिना पुग्न लागेको भन्दै डा केसीले तत्काल गर्नुपर्ने कामबारे प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न गरेका छन् ।

डा केसीको प्रेस विज्ञप्ति

हाम्रो १९औं सत्याग्रहका बेला निरन्तर आफ्नो कर्तव्य पूरा गर्दै जनतालाई सुुसुचित गर्ने तथा सरकारलाई जवाफदेही बनाउने दिशामा नेपालका सञ्चार माध्यमले खेलेको भुमिकालाई सराहना गर्दै सम्पूर्ण पत्रकार तथा सम्पादकहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं । हामीसँग पछिल्लो सम्झौता भएको अब एक महिना पुग्नै आँटेको छ । सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने तर काम शुरु गरिहाल्नु पर्ने बुँदाहरु छन् । तिनको कार्यान्वयनको प्रक्रिया कहाँ पुग्यो भनेर सरकारलाई ताकेता गर्ने काम पत्रकार मित्रहरुले गरि नै रहनुभएको होला भन्ने हाम्रो विश्वास छ ।

विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले हामीसँग निरन्तर खबरदारी गर्नुको विकल्प छैन । नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकहरुको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकारले हामीसित सम्झौता गर्न बाध्य भएको हो । स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा गुणस्तर र पहुँच बिस्तारका दिशामा अहिलेसम्म जेजति उपलब्धि भए, हामी सबैको योगदानका कारण त्यो सम्भव भएको हो । अब ती उपलब्धिलाई संस्थागत गर्दै सरकारले हामीसित गरेको सम्झौता कार्यान्वयन गराउनु पनि हामी सबैको कर्तव्य हो । त्यसैले आआफ्नो ठाउँबाट सरकारलाई खबरदारी गर्न सबै सरोकारवालाहरुलाई अपिल गर्न चाहन्छौं ।

पछिल्लो सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन भएमा नेपालमा दुरदराजसम्म स्वास्थ्य सेवा पुर्याउने तथा नियामक निकायमा दलीय भागवण्डा रोकेर मेडिकल शिक्षाको गुणस्तर कायम राख्ने दिशामा नेपालले ठूलो फड्को मार्नेछ । त्यसो नभएमा सरकार गैर–जिम्मेवार मात्रै हैन, संवेदनहीन र जनपीडक सावित हुनेछ जसलाई शिक्षा र स्वास्थ्यमा खाली व्यापार गर्नुछ, जनतालाई सेवा दिनु छैन । त्यो हाम्रो संविधानको समेत मानमर्दन हुनेछ । २०८० फागुनसम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज नखुलेमा त्यो चिकित्सा शिक्षा ऐन २०७५ ले गरेको व्यवस्था विपरीत हुनेछ । पदाधिकारी नियुक्तिका लागि विज्ञहरुका समितिले प्रतिवेदन दिइसकेको अवस्थामा अब पनि तिनका आधारमा नयाँ कानुनी व्यवस्था गरेर वस्तुगत आधारमा नियुक्ति नहुने र दलीय भागवण्डामा नियुक्ति हुने हो भने देशका विश्वविद्यालय र प्रतिष्ठानहरु कार्यकर्ता भर्ती केन्द्र भएर धराशायी हुने अहिलेका अवस्था झनै खराब हुनेछ ।

त्यसैले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वयनका कामहरु गरेर यो क्षेत्रका समस्याहरुको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । त्यसो नभएमा नागरिकको जीवन–मरणको सवालसित जोडिएको स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा व्यापार मात्रै गर्न चाहने सरकारलाई दण्डित गर्नु हामी सबै नागरिकको कर्तव्य हुनेछ ।

डा गोविन्द केसी
काठमाडौं
२०७७ कार्तिक २०

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.