एभरेष्ट बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । एभरेष्ट बैंकको लिमिटेडको लाभांश घोषणा भएको छ । बैंकको कार्तिक १९ गते बुधबार साँझ बसेको बैठकले २०७६-७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय गरेको हो । बैकले कुल १० दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५ प्रतिशत बोनश शेयर र ५ दशमलव ५३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १० दशमलव ५३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Facebook Comments Box
