नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको एजिएम कात्तिक २७ गते, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले कात्तिक २७ गते विहिवार वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ वार्षिक साधारण सभा कात्तिक २७ हुने निर्णय गरेको हो ।
उक्त सभा बुटवलस्थित क्लब डेनेभो होटल, रूपन्देहीमा दिउँसो १२.३० बजेबाट सुरू हुने जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको २०७५ साल असार मसान्तको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा रहेको छ।

Facebook Comments Box
