Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

खुलामञ्चमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न मेयर शाक्यको आग्रह


१९ कार्तिक २०७७, बुधबार ०८:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै विकल्प खोज्न आग्रह गरेका हुन् ।

कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको उनले बताए ।

उनले असहायहरुलाई खाना खुवाउने कार्य व्यवस्थित तवरले गर्नुपर्ने भन्दै यसका लागि महानरले सहयोग गर्ने उल्लेख गरे ।
उनले कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भए आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको बताए ।

शाक्यले कोरोना महामारीका कारण समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिँदै महानगरपालिकासँग समन्वय गर्न पनि मेयर शाक्यले आग्रह गरे ।

मेयर शाक्यले काठमाडौंका पुरानो बसपार्कलगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति ध्यानाकर्षण भएको बताए ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.