आजदेखि दोस्रो बजारमा सानिमा जनरलको शेयर कारोबार खुल्ने
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो बजारमा शेयर कारोबार आज ९विहिवार०बाट खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराए प्रश्चात आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो ।
हिजो कम्पनीको १ करोड कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको न्यूनतम १०३.७३ देखि अधिकतम ३११.१९ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ ।
Facebook Comments Box
