Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

फेसबुकमा लेख्ने थुप्रैको चिन्ता गोरु मरेपछि रगत चुस्न पाइन्न भन्ने किर्नाको चिन्ता जस्तै हो


१८ कार्तिक २०७७, मंगलवार ०३:४५

डा. युवराज संग्रौला ।
लक्ष्य नै नभए पछि, बाटा जताततै हिँडे हुन्छ । दुनियाँ पार्टी फुटेन चिन्ताका कुरा गर्छन् तर
१. संविधानमा समाजवाद उन्मुख हुने कुरा नेपालका पार्टीले छोडेकोमा कसैलाई चिन्ता छैन ।

२. बिचारधारा र सिद्धान्तलाई तिलान्जली दिएप्रति कसैलाइ चिन्ता छैन । साइनबोर्डले पार्टीको पहिचान हुने हो ?

३. बिचारमा प्रतिबद्धता, बैचारिक नैतिकतामा निष्ठा हुने हो भने त समस्याको समाधान निस्कन्छ होला ।

४. बोट मरेपछि फल लाग्दैन होला, थारो गाईले दूध दिँदैन होला, पुतलीसडकमा पैन्ट सर्ट लगाएर उभिएका डमी मनिस होइनन्, मानिसका आकृति मात्रै होलान् ।

५. चिन्ता छ राजनीतिमा यदि समाजवादी राजनीति समाप्त भएको भन्ने, कम्युनिस्टका नाममा नवउदारवाद मौलाएको छ भन्ने, पार्टी कार्यकर्ता माफियामा रुपान्तरण भएका छन् भन्ने कुरामा भने चिन्ता गर्नुहोस् र बहस गर्नुहोस् । बिचारधारा स्थापित गर्नुहोस्, पार्टी फुट्दैनन् । बालुवाले मात्र इँटा जोडेर पर्खाल बेनेको देख्नु भएको छ ? पर्खाल, घर बन्न त बालुवा सिमेन्ट हाल्नुपर्छ । बिचारधारा भनेको यही सिमेन्ट हो ।

६. मैले पढेको त कम्युनिस्टले बिचारधारा चिन्छ, नेता चिन्दैन भन्ने थियो । तर नेपालमा कम्युनिस्टले बिचार होइन नेता मात्र चिन्छ । पार्टी दाहाल र ओलीका कारणले फुट्ने होइन । पार्टी दलाली गर्ने माफिया कार्यकर्ता, नेताको घुँडा, कम्मर, काँध हुँदै टाउमा चढ्ने कार्यकर्ता, मन्त्री हुन ज्यान त्याग्ने छोटे नेता, टिकट काटेर बनेका सदस्यले हो पार्टी फोड्ने ।

७. इतिहास जति पुरानो हुँदै जान्छ, उतिनै प्रष्ट हुँदै जान्छ । एक दिन सबैको इतिहास लेखिन्छ । कस्तो इतिहास लेखाउन चाहनु हुन्छ ? मिङ्ग सम्राट चियाचिङ्गलाई एउटा विद्वान हाइ रुइ र धननन्दलाई चाणक्यले तिमीहरु जनबिरोधी राजा हौ भन्ने आँट गरे । मर्ने बेलामा चियाचिङ्गले नातिलाई भन्यो,“ तिमीले राम्रो राजा बन्नु । विद्वानको संगत गर । मैले अहिले थाहा पाएँ म गलत रहेछु, सुध्रिन चाहन्छु, तर सुध्रिने समय नै रहेन ।“
८. बिचारधाराको लडाइँ लड्नु होस्, समाजवादका लागि कुस्ति खेल्नु होस्, गरिबको आवाज बन्नु होस्, देशको समृद्धिका लागि लाप्पा खेल्नु होस्, केही फरक पर्दैन । तर लडाइँ हड्डीका लागी मात्र हो भने कसैले जित्दैन ।

९. नेपाली पार्टीहरुका कार्यकर्ता जबसम्म झोलेका हैसियतमा रहन्छन्, तबसम्म नेताहरु लडिरहन्छन् । त्यसैले, विचार मरेकोमा चिन्ता गर्नुहोस्, नेता लडेकोमा होइन । फेसबुकमा लेख्ने थुप्रैको चिन्ता गोरु मरेपछि रगत चुस्न पाइन्न भन्ने किर्नाको चिन्ता जस्तै हो ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.