Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

श्वासबाट केही सेकेन्डभित्रै भाइरस पत्ता लगाउनसक्ने प्रविधिको विकास


१७ कार्तिक २०७७, सोमबार ०४:४३

वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड १९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ ।

स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि ’लान्सिट’ जर्नलले त्यसबारे लेख प्रकाशित गरेको छ । त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले बजेट सुनिश्चित भएमा छ महिनाभित्र प्रयोगका लागि तयार हुनसक्ने जनाएको छ ।

उत्साहप्रद सम्भावना
‘मेरो विचारमा यसको सम्भावना निकै उत्साहप्रद छ,’ सो कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले भने । तत्काल नतिजा आउने भएपछि परम्परागत अस्पतालबाहिरको वातावरणमा तपाईँले यसका उपयोगिता देख्न सक्नुहुनेछ। ‘उड्डयन क्षेत्रमा तपाईँ यसको प्रयोग गर्न सक्नुहुनेछ, यातायात क्षेत्रमा, अध्यागमनमा यसको प्रयोग हुनसक्छ।’ ‘तपाईँ तत्काल नमुना लिन सक्नुहुन्छ, यसका लागि शरीरभित्र कुनै उपकरण प्रयोग गर्नु पर्दैन। नमुना सङ्कलनका लागि विशेषज्ञ जनशक्ति चाहिँदैन र केही मिनेटभित्रै तपाईँ नतिजा पाउन सक्नुहुन्छ,’ उनले थपे ।

इम्स्पेक्सले साउथ वेल्सको क्यानन भ्यालीस्थित आफ्नो मुख्यालयमा नयाँ यन्त्रहरूको विकास गरेको हो । खासमा फोक्सोको क्यान्सरजस्ता रोग पत्ता लगाउन र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगहरूबीच तत्काल कसरी फरक छुट्ट्याउने भन्ने प्रयोजनका लागि उक्त प्रविधिको विकास गर्न लागिएको थियो । तर कोरोनाभाइरस विश्वव्यापी महामारी बनेपछि उक्त संस्थाले त्यसैको परीक्षणका लागि विकास गर्ने निर्णय लियो ।

कोरोनाभाइरस महामारी फैलिएको प्रारम्भिक चरणतिर एडिन्बरा र जर्मनीको डोर्टमन्डस्थित अस्पतालका बिरामीहरूमा कम्पनीले विकास गरेको प्रविधिको परीक्षण गरिएको छ । लफबरा विश्वविद्यालयले नेतृत्व गरेको अध्ययनमा सहभागी अनुसन्धानकर्ताहरूले कोभिड १९ का बिरामी र छातीसम्बन्धी सङ्क्रमणका अन्य बिरामीबीच ती यन्त्रहरूले फरक छुट्ट्याउन सक्छन् कि सक्दैनन् भनेर हेरेका थिए ।

रसायनद्वारा सङ्केत
उक्त यन्त्रले मानिसको सासमा श्वासप्रश्वाससम्बन्धी निश्चित रोगको सङ्केत दिने कुनै विशिष्ट रसायन छ कि भनेर वैज्ञानिकहरूलाई जानकारी दिन सक्छ । उक्त परीक्षणमार्फत् कोभिड १९ जनाउने विशिष्ट रसायन पत्ता लागेको छ जसलाई परम्परागत पीसीआर विधिबाट पुनर्पुष्टि पनि गरिएको छ । दम वा ब्याक्टेरियाले गराउने निमोमियाजस्ता अरू रोगसँग छुट्ट्याएर कोभिड १९ का बिरामीको हकमा ८० प्रतिशत नमुनामा सही नतिजा देखाएको पाइयो । यो प्रविधिको विकास गर्ने कम्पनीले अस्पताल अथवा विमानस्थलमा दैनिक प्रयोग गर्न लैजानुअघि त्यसलाई अझै परिस्कृत गर्नुपर्ने जनाएको छ । ‘हाम्रो कम्पनी सानो छ। यदि हामीसँग उपलब्ध स्रोतसाधनकै प्रयोग गर्ने हो भने समस्याको हल पाउन १२ देखि १८ महिना लाग्न सक्छ,’ इम्स्पेक्स कम्पनीका प्रमुख सान्टी डोमिनगुएजले भने ।
बीबीसीबाट

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.