Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

आज अचानक कसरी पार्टी संकटमा परेको बोधी ज्ञान आयो ?


१७ कार्तिक २०७७, सोमबार ०२:५८

जगन्नाथ खतिवडा ।

नेकपाका महासचिव क. विष्णु प्रसाद पौडेल,मिति २०७७, ७, १६ गते तपाईंको फेसबुक वालमा प्रकाशित सार्वजनिक अभिव्यक्ति पढ्न पाएँ । गम्भीर बनेको अनुभव गरें । खै के सम्झेर यति लेख्नु भो त्यो चाहिँ अनुमान गर्न सकिन । एकीकरणमा महासचिव बन्नु भएको दिनदेखि यता पार्टीको अवस्थाप्रति यस प्रकारको चिन्ता र गम्भीरता पहिलो पटक सार्वजनिक गर्नुभएको देखेर अचम्म लाग्यो । तपाईंले बिगतमा गरेको व्यवहार र यो गम्भीरताले मेल खाएन र केही भन्न मन लाग्यो ।

कमरेड, जे भन्नू भो, जति भन्नू भो (बोल्नु भयो नि । यसका लागि धन्यवाद । आशा गरौं सच्चा मनले बोल्नुभयो । भावनात्मक भेलमा कार्यकर्तालाई बगाएर कुनै अर्को दुनो सोझ्याउन बोल्नु भएको होइन होला भन्ठानेर लेख्दै छु कि
निम्न जिज्ञासाहरुलाई श्याम श्वेत प्रष्टिकरण पुनः सार्वजनिक गर्नुभो भने पत्याउने प्रयास गरौंला ।
– के कारण ले पार्टी को एकीकृत अस्तित्व संकटमा परेको हो ?
– यसमा कसले गल्ति गरेको छ ? साँचो कुरा बताउनु भएन नि ।
-पार्टीको एकीकृत अस्तित्व जोगाइराख्नको लागि तपाईंले के कस्तो भुमिका खेल्नुभयो ? एकता सुदृढ बनाउनका लागि महासचिवको उत्तम भुमिका निर्वाह गर्नुभएको भए यस्तो हुदैन थियो कि ?

– जब आफैं सत्यको पक्षमा लाग्नु हुन्न, विधि विधान एवम् एकीकरणको पक्षमा दृढतापूर्वक उभिनु भएन बरु पक्षपातपूर्ण कार्यहरु सम्पादन गर्ने सचिवको कार्य गर्नु भएको देखियो । यस्तो अवस्थामा तपाईंको आह्वानले कस्तो महत्व राख्ला र ?

-पार्टी भित्र एकीकरणको प्रारम्भिक समयदेखि सबै भेदभावपूर्ण, अपमानजनक, निषेधपूर्ण कार्यहरुलाई सच्याउन के कति प्रयास गर्नु भो र? गलत कुराको प्रतिवाद गर्नु भो त?? विचार, राजनीतिक नैतिकता, आदर्शको सम्बद्र्धन र विकास, जिल्ला, प्रदेश, केन्द्रको एकीकरण , कार्य बिभाजन, चुनावमा टिकट वितरण, राजनीतिक नियुक्ति आदिमा न्यायको पक्षमा उभिएको त देखिएन त ? पक्षपातलाइ नै मलजल गरेको देखियो त ।

-जब तपाईं जस्ता संघर्षमा खारिएका नेताहरु विचारको राजनीतिवाट च्युत हुँदै आदर्शहीन अवसर र गैरकम्युनिष्ट शक्ति सञ्चयको राजनीतिमा उच्चताबोध गर्न लाग्नु भयो नि,पार्टी त्यहीँबाट संकटको बाटोमा लाग्न थाल्यो, हैन र ?

-प्राकृतिक र मानबिय कोणबाट हेर्दा सबैसँग कमजोरी छन् र हुन्छन् । तर आजको सचेत कार्यकर्ताको समुदायले नियत र निर्दोषिता दुबै कुरालाई राम्ररी बुझ्न सक्दछ । त्यसैले सबै भन्दा उच्च, जिम्मेवार र कार्यकारी जवाफदेहिताको भूमिका निर्वाह गर्नुपर्ने पार्टी अध्यक्ष तया प्रधानमन्त्री केपी शर्मा ओलीले नै सबैभन्दा बढी गल्ती गर्ने, नियतवश गल्तिलाई अनेक पटक दोहोर्याउने र पार्टी तथा सामूहिक निर्णयलाई सधैं बेवास्ता गर्ने कार्य गरिरहनु भएको बखत यसको बिरोध नगरेर, बरु त्यो प्रवृत्तिलाइ झन् बलियो बनाउन सहयोग गरेर हिजोसम्म लागि नै रहनु भएको थियो, आज अचानक कसरी पार्टी संकटमा परेको बोधी ज्ञान आयो, अचम्म लागेको छ । के अब खराव प्रवृत्तिका विरुद्धमा प्रतिवाद गर्ने अठोट गर्नु भएको हो ? के भाद्र २६ को सहमति उल्लंघन गर्नेको पक्षमा म अब उभिने छुइन भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ?

– क. केपी ओलीले धेरैपटक अर्को पार्टी बनाउने जमर्को गर्नुभयो, राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने आधार त्ययार गर्नु भएको थियो चारैतिरको दवाबका कारण पछि फिर्ता लिनु भयो । जबजको नाममा कृत्रिम विवाद झिकेर, पूर्वएमाले एक हौं भन्ने फण्डा झिकेर, नेकपा एमाले दर्ता गर्न लगाएर पार्टी नै फुटाउने नत्र अलग पार्टी बनाउने धेरै पटक धम्की दिइनै नै रहनुभएको छ । तपाईंहरुले प्रतिवाद गर्नु भयो र यो कुरामा साथ नदिने घोषणा तपाईँ तीन चार कमरेडहरुले गर्नु भयो भने धम्की को यो वाक्यांश सधै को लागि बन्द हुनेछ । त्यसो गर्नु भयो भने आमनेता कार्यकर्तालाई पार्टी फुटन लाग्यो भनेर डरको सन्देश प्रवाह नै गर्नु पर्दैन ।लफुटको पक्षमा म लाग्दिन भनेर घोषणा गर्नु होला भनेर लाखौ समर्थक र शुभ चिन्तकहरु पर्खिरहनु भएको छ।तसर्थ आफ्नै धरातल प्रष्ट पार्नु हुन सुझाव दिन चाहान्छु।

गल्तीको निर्ममतापूर्वक समीक्षा गर्न र नयाँ गर्बिलो यात्रा तय गर्न पार्टीको नियमित बैठकहरु बस्नु पर्दछ । कमिटीको निर्णयको पालना गर्नुपर्दछ । बैठकबाट भागेर, छलेर र सामूहिकतालाई तिरष्कार गरेर पार्टी चल्दैन । अब तपाईंको काधमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकको आयोजना गर्न हिम्मत गर्ने,जो भाग्न खोज्छ उसको कडा आलोचना गर्दै पार्टी जोगाउने कार्यमा लाग्ने जिम्मेवारी छ । फुटको विरुद्धमा उभिने चुनौतिको सामना गर्न तयार हुनुभयो भने मात्र तपाईंको गम्भीर अभिव्यक्तिले सार्थकता पाउला ।
म आशा गर्न बाध्य छु तर विश्वास गर्न चाहिँ सकिरहेको छुइन ।

यो पार्टी यो अवस्थामा आइपुग्नुमा तपाईंको पनि हात छ । अब सच्याउने दिशामा लाग्न चाहनु हुन्छ भने पार्टीको झण्डा र देशको माटो छोएर सपथ खानुहोस् – म किमार्थ पार्टी फुटन दिन्न र कथम् कदाचित फुटलाई रोक्न सकिन भने पार्टी फुटाउने वा अर्को पार्टी बनाउने दुष्ट यात्रामा साथ दिन्न।
धन्यवाद ।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.