Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

‘यही भूमरीमा छटपटिएर आमा जब चितामा पुग्नुहुन्छ, त्यहाँ पनि झण्डा ओढ़ाएर हामी ताली नै बजाउँछौं !’


१६ कार्तिक २०७७, आईतवार १५:१०

नारायण गाउँले ।

-देउबासँग एक भएर छोरीलाई मेयर बनाएको एक महिना नबित्दै आफैले लिङ्ग नछुट्टिएको भनेको ओलीसँग एकता गर्ने प्रचण्डले सिद्धान्त र वैचारिकताको चर्को भाषण गर्छन् र हामी ताली बजाउँछौं !

-नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हड़प्नेलाई अर्थमन्त्रालय नै सुम्पिनेदेखि महामारीको नाममा यति र ओम्नीलाई मालामाल गराएर, जनतालाई ‘सक्ने जति बाँच्ने हो’ भन्न सक्ने ओलीले सुशासन र समाजवादको भाषण गर्छन् र पनि हामी ताली बजाउँछौं ।

-आफ्नै नेतृत्वमा भएको चुनाबमा सातवटै प्रदेशमा पार्टी पत्तासाफ भएको देखेर, सबै नियुक्ति बदर हुँदासमेत सासू अड़किएको देखेर, पार्टीको कार्यकालभरि एउटा विभागलाई पूर्णता दिन समेत नसकेको देखेर अनि संसदमा उभिएर प्रतिपक्षी नेताले दिएको एउटा सम्झन लायकको वक्तव्य समेत नभेटेरै पनि हामी देउबा जिन्दाबाद भन्छौं र ताली बजाउँछौं ।

-कुन हस्पिटलमा कति बेड र कति भेन्टिलेटर खाली छ भन्ने स्तरको सामान्य सूचना र समन्वय समेत नहुँदा एम्बुलेन्सबाट हस्पिटल चहार्दै नागरिकको मृत्यु भएको छ । सङ्क्रमण र रोग तीव्र रूपमा भयावह बन्दै छ । सड़कमा एक छाक खान पाउँदा खुशी हुनेको लाइन छ । यस्तो इतिहासकै संवेदनशील समयमा समेत निर्लज्ज रूपमा बालुवाटारदेखि शीतलनिवास र खुमलटारसम्म सत्ता, शक्ति र लेनदेनको नाङ्गो नाच चल्दै छ, र पनि हामी ताली बजाउँछौं ।

-आफ्नै आमा बिरामी हुनुभो भने कहाँ लैजाने हो भन्ने हामीलाई थाहा छैन । हस्पिटलले पहिले धरौटी माग्ला, केही गरी पैसा जुट्यो या माथिको नेताको फोनले काम गर्यो भने फेरि पीसीआर रिपोर्ट माग्ला । त्यसैमा दुई दिन जान्छ । त्यसपछि आईसीयुमा बेड खाली नभएको भन्दै अर्को हस्पिटल रिफर होला । यही भूमरीमा छटपटिएर आमा जब चितामा पुग्नुहुन्छ, त्यहाँ पनि झण्डा ओढ़ाएर हामी ताली नै बजाउँछौं !
लाग्छ, हामी ताली बजाउने मेसिन मात्रै हौँ !

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.