नेपाल फाइनान्सको १२५% हकप्रद शेयर मंसिर ४ गतेदेखि निष्काशन गर्ने
काठमाडौं । नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद सेयर मंसिर ४ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १ बराबर १ दशमलव २५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा मंसिर ४ गतेबाट २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कात्तिक ६ गते बिहीबार एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) गरेको थियो । त्यसैले, कार्तिक ५ गते बुधबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुह र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
