अब सिद्धार्थ बैंकको क्रेडिट कार्डको लागि अनलाईनबाटै आवेदन दिन सकिने
काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७७ कार्तिक १३ गते देखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।
अब क्रेडिट कार्डका लागि ग्राहक महानुभावहरुले भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट क्रेडिट कार्ड आवेदन दिन सक्नुहुनेछ । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
कार्ड तयार भईसके पश्चात ग्राहकहरुले आवश्यक सक्कल कागजातहरु पेश गरी बैंकको शाखाबाट कार्ड संकलन गर्न सक्ने व्यवस्था गरेको छ ।
Facebook Comments Box
