Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

आफैंले किनेर तथा चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्दा बिषको काम गर्न सक्छन्


१५ कार्तिक २०७७, शनिबार ०७:०२

-डा. रवीन्द्र पाण्डे ।
..
कोरोना महामारी तीब्र गतिमा फैलिएसंगै भ्रम र हल्ला पनि बढिरहेका छन् । महामारीमा मान्छेको मन कमजोर हुन्छ, त्यहि मनोविज्ञानमाथि ब्यापार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ | यसले गर्दा गलत औषधिको प्रयोग बढिरहेको छ ।
.
– बिशेषज्ञ चिकित्सकको सल्लाहबिना बजारमा आएका एन्टिभाइरल औषधि, मलेरियाको औषधि, जुका तथा अमिबाको लागि प्रयोग गर्ने औषधि तथा ब्लडप्रेसर एबम उदासीपनमा प्रयोग हुने लगायतका औषधि आफैले किनेर खानेजस्तो जोखिम काम भइरहेको छ । यी औषधिहरु अस्पताल भर्ना भएको बिरामीलाई सम्बन्धित बिज्ञको निगरानीमा मात्र सेवन गर्नुपर्छ । अन्यथा गम्भीर साइड इफेक्ट भोग्नुपर्ने हुन्छ ।
.
– रुघाको लागि एन्टीकोल्ड, ज्वरोको लागि पारासिटामोल तथा जीउ दुख्नेको लागि फ्लेक्सन ( Ibuprofen + Paracetamol ) यी मध्ये ३ वटा वा २ वटा औषधि खाँदा शरीरको तापक्रम न्युं भएर सिकिस्त हुनेको संख्या पनि धेरै छ | एन्टिकोल्डमा पनि पारासिटामोल ५०० मिग्रा मिसाएको हुन्छ | यी मध्ये एउटा मात्र चिकित्सकको सल्लाहमा आबश्यक भए लिनुपर्छ | आफैले सेवन गर्नु हुँदैन | त्यस्तै खोकीको प्रकृति अनुसारको मात्र औषधि चिकित्सकसंग परामर्श गरेर खानुपर्छ |
.
– कोरोना संक्रमणमा द्वितीय संक्रमण नभएसम्म एन्टिबायोटिक सेवन गर्नु हुँदैन | तर युट्युब हेरेर वा पसलमा किनेर आफै कडा एन्टिबायोटिक खाँदा त्यसले काम त गर्दैन नै झन् रोगसंग लड्ने क्षमता घट्दछ | चिकित्सकसंग जांच गराएर मात्र एन्टिबायोटिक सेवन गर्ने / नगर्ने निर्णय हुन्छ |
.
– इम्युनिटी पावर बढाउने भनेर अनेक कम्पनीका उस्तै भिटामिन सेवन गर्नेको संख्या धेरै छ | यसले पनि हानी गर्छ | बिभिन्न अध्ययनले देखाएका छन्, सन्तुलित आहार सेवन गर्ने व्यक्तिलाई कुनै सप्लिमेन्ट वा भिटामिनको आबश्यकता हुँदैन | शरीरमा तत्वको कमि भएमा वा संक्रमण भएमा भिटामिन सी, डी, बि १२ तथा जिंकले फाइदा गर्छ |
.
– इम्युनिटी पावर बढाउन हर्बल सप्लिमेन्ट तथा आयुर्बेद औषधि पनि अन्धाधुन्द प्रयोग गर्नु हुँदैन | जुन औषधिमा इफेक्ट हुन्छ, त्यसको साइड इफेक्ट पनि हुन्छ | आयुर्बेद औषधिमा साइड इफेक्ट कम हुन्छ | यी औषधि सेवन गर्दा मान्यताप्राप्त चिकित्सक / आयुर्बेद स्वास्थ्यकर्मीको सुझाबमा मात्र सेवन गर्नुपर्छ | त्यस्तै औषधि किन्दा औषधि ब्यबस्था बिभागमा दर्ता भएको, उत्पादन मिति र एक्सपायर मिति लेखेको तथा दर्तावाल कम्पनिमा बनेको मात्र सेवन गर्नुपर्छ | यस्ता औषधि सस्तो एबम उपयोगी हुन्छन् | अरुको देखासिकी गरेर दर्तावाल चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी जडिबुटीको सेवन गर्नुहुँदैन |
.
– प्रेसर, सुगर, थाइराइड, कोलेस्ट्रोल तथा अन्य नियमित खाइरहेका औषधि चिकित्सकको सल्लाहबिना फेरबदल गर्नु हुँदैन \ छोड्नु हुँदैन |
.
हरेक औषधि सहि तरिकाले चिकित्सकको सल्लाह बमोजिम सेवन गरे अमृतको काम गर्छन भने आफैले किनेर तथा चिकित्सकको सल्लाहबिना सेवन गर्दा बिषको काम गर्न सक्छन् |

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.