Jhapa Press

Jhapa Press

News Portal

  • गृहपृष्ठ
  • आर्थिक
  • खेलकुद
  • मनोरंजन
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • अन्तराष्ट्रिय
  • प्रदेश
  • कला।/ साहित्य
  • विचार
  • रोचक

देशव्यापी लकडाउनको घोषणासँगै पेरिस छाड्नेको संख्या ह्वात्तै बढ्यो


१४ कार्तिक २०७७, शुक्रबार १२:३३

फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन सुरु हुन केही घण्टा बाँकी रहँदा सडकमा व्यापक चाप देखिएको छ । स्थानीय सञ्चार माध्यमहरूले इल ड फ्रान्स क्षेत्रमा बिहीवार साँझ सात सय किलोमिटरसम्म कारहरूको जाम देखिएको जनाएका छन् ।

कोरोनाभाइरस महामारीसँग जुझ्न त्यहाँ शुक्रवार मध्यरातबाट प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ । सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन भनिएको छ । राष्ट्रपति एम्यानुअल माक्रोँले फ्रान्स ’कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहरबाट व्यापक रूपमा प्रभावित हुने र त्यो पहिलोभन्दा कडा हुनेमा सन्देह नरहेको’ बताएका छन् ।

फ्रान्समा गत अप्रिल महिनायता अहिले कोरोनाभाइरस सङ्क्रमितको दैनिक रूपमा मृत्यु हुने सङ्ख्या उच्च दरमा पुगेको छ । त्यहाँ बिहीवार सङ्क्रमणका ४७,६३७ नयाँ घटना पुष्टि भएको थियो भने २५० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

लकडाउनको समय गाउँहरूमा बिताउन पेरिसवासीहरूले सहर छाडेको फ्रान्सेली सञ्चार माध्यमहरूले जनाएका छन् । २४ वर्षीय एन्नाले एउटा पत्रिकालाई उत्तरी फ्रान्सस्थित आफ्नो अर्को घरमा बस्न जान प्यारिसस्थित अपार्टमेन्ट छाडेको बताएकी छन् ।

उनले पहिलो लकडाउन प्यारिसमा बिताउन ’मनोवैज्ञानिक रूपमा कठिन’ भएको तर बेर्नेमा ’हावा स्वच्छ’ रहेको अनि त्यहाँ आफूले स्वतन्त्र महसुस गर्ने बताइन् । गत मार्चमा पहिलो पटक लकडाउन लागु गरिँदा पनि यसै गरी ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिएका थिए ।

फ्रान्समा हाल कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरिएको छ । युरोपका थुप्रै मुलुकहरूमा सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ। फ्रान्समा अहिले दैनिक करिब ५० हजार नयाँ सङ्क्रमितहरू भेटिने गरेको पछिल्लो विवरणले देखाउँछ । प्यारिसमा सघन उपचारमा प्रयोग हुने ७० प्रतिशत शैय्याहरू सङ्क्रमितहरूले भरिएका छन् । बुधवार राष्ट्रपति माक्रोँले घोषणा गरेका प्रतिबन्धका धेरैजसो व्यवस्थाहरू मार्चमा लगाइए जस्तै नै छन्।

Facebook Comments Box

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • मुख्य खबर
  • लोकप्रिय
  • ताजा अपडेट
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग
  • नेचासल्यान गाँउपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स संचालनमा आएको छ
  • झापामा निषेधाज्ञा थपियो, सहकारी सस्थाहरुले पैसा संकलन गर्नमा रोक र बैंकहरु यो दिन खुल्ने भिडियो सहित
  • हे दैव कस्तो रोग रुदै मिडियामा सहयोगको अपिल इलाम माई नगरपालिका निवासी सुकुमाया राई
  • २१ किलोमिटर ट्रेल म्याराथुन दौड मा १ घण्टा ४९ मिनेट १ सेकेण्डमा खोटाङ एैसेलुखर्क गाउँपालिका वडा न २ं का प्रिया राईले दास्रो स्थान हासिल गरेकि छिन ।
  • घरभाडाको नाममा राज्यकाे करोडौ रुपैया झ्वाम मुख्यमन्त्री शेरधन राई
  • झापा जिल्ला सूर्यमय हुने दावी
  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त
  • निर्वाचन सुरक्षा : ६ जिल्ला उच्च निगरानीमा, झापामा ‘हाई अलर्ट’
  • हरि बहादुर राजबंशी : अन्य उम्मेदवारभन्दा फरक, विकासप्रेमी नेताको रूपमा परिचित
  • निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर
  • रुकुम पूर्वका डाँडाँमा हिउँको पछ्यौरी, पातिहाल्नामा लुकामारी (तस्वीरहरू)
  • हल्दीबारी गाउँपालिका १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता सुरू
  • भद्रपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा निर्विरोध चयन विवेक राजवंशी
  • भद्रपुर झापा गोल्डकपको प्रथम साधारणसभा
  • पर्यटकहरु लाई आकर्षित गर्दै नेचासल्यान द्वारा निर्मित पर्यटकीय पदमार्ग

हाम्रो बारेमा


झापा प्रेस एक विश्वसनीय अनलाइन न्युज पोर्टल हो, जसले झापा जिल्लासहित देशभरका ताजा समाचार, सूचना र विचारहरू छिटो र निष्पक्ष रूपमा प्रकाशन गर्दछ। यसले राजनीति, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा स्थानीय गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै पाठकलाई सत्य र सन्तुलित जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ।

सम्पर्क

  • Birtamod, Jhapa Nepal
  • jhapapress@gmail.com
  • सूचना विभाग दर्ता नं. : –
  • प्रेस काउन्सिल दर्ता नं. :
  • कम्पनी दर्ता नं. : –
  • पान नं. : –
Copyright © JhapaPress.Com अन्य वेबसाइटका सामग्रीहरूका लागि झापा प्रेस जिम्मेवार छैन। Designed By : M.S Design Studio.